back
CTIZAN AD

३३ लाख ठगी आरोपमा सुनिता थापा पक्राउ

वि.सं.२०७६ वैशाख १४ शनिवार

816 

shares

१४ बैशाख, वालिङ । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पु¥याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले श्रीमती थापालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले भने, “खोजतलास गर्ने क्रममा श्रीमती थापालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ ।” थापा दम्पतीले १५ जनाबाट रु ३३ लाख ३९ हजार ठगी गरेको जाहेरी प्रहरीमा रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

वि.सं.२०७६ वैशाख १४ शनिवार १०:१४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...