back
CTIZAN AD

कृषि अध्ययन गर्न सिन्धुलीका तीन युवा इजरायल जाने

वि.सं.२०७६ वैशाख १४ शनिवार

723 

shares

१४ बैशाख, सिन्धुली । कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट भएका हुन् ।

हातेमालो साना किसान कृषि सहकारी सस्था सिन्धुलीमार्फत साना किसान विकास लघुवित्त वितीय संस्थाको समन्वयम कृषि अध्यनका लागि इजरायल जान युवा छनोट भएका हुन् । छनोट हुनेमा कमलामाई नगरपालिका–१ डाँडीगुरासे निवासी मस्तिमाया घलान, कमलामाई नगरपालिका–२ भद्रकाली निवासी लक्ष्मी विश्वकर्मा र कमलामाई नगरपालिका–२ भद्रकाली निवासी श्रीदेवी मोक्तान रहेका छन् ।

छनोट भएका तीन व्यक्तिले इजरायलका विभिन्न कृषि तालीम केन्द्रमा १० महीने कृषि जेटिए तालीममा सहभागी भएर स्वदेश फर्कने हातेमालो साना किसान कृषि सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिए ।

आवदेकमध्ये कमलामाई नगरपालिका–१ जखनीकी बुना थापा र कमलामाई नगरपालिका–२ चियाबारीका निर्मलकुमार थापा वैकल्पिक उम्मेदवारको रुपमा छनोट भएको उनको भनाइ छ । सातजनाले इजरायज जानका लागि आवेदन फारम भरेका थिए । परीक्षाबाट तीनजना छनोट भएको विश्वकर्माले जानकारी दिए ।

दश जोड दुई उत्तीर्ण गरेका र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका छोराछोरीलाई कृषि अध्ययनका लागि विसं २०७२ देखि इजरायल पठाइँदै आएको उहाँको भनाइ छ । हालसम्म सिन्धुलीबाट चार जना युवा इजरायल कृषि जेटिए अध्ययनका लागि गएका छन् ।

कृषि फर्म सञ्चाल गर्ने र स्थानीयस्तरमा आधुनीक कृषि व्यवसाय सञ्चालन गर्न युवालाई इजरायल पठाइएको र त्यहाँको अध्यायन सकेर आएका युवाले आफ्नो गाउँघरमा अनिवार्य रुपमा कृषि व्यवसाय सञ्चालन गर्नुपर्ने छ ।

स्वदेश फर्किएपछि युवाको मागको आधार सहकारीले लगानी गरिदिने भएकाले युवाले कृषि फर्म सञ्चालन गरी गाउँ घरमा जानेको सीप अरुलाई पनि सिकाउनुपर्ने छ । विभिन्न कृषि समूहमा उनीहरुले कृषिलाई आधुनिक तवरले व्यवसाय गर्न सिकाउने उनको भनाइ छ ।

सहकारीमा आवद्ध शेयर सदस्यका छोराछोरीलाई निःशुल्क इजरायल पठाइने छ । अहिले छनोट भई प्रक्रियामा रहेका तीन जनाको यही वैशाख १८ र १९ गते झापा इजरायली राजदूतावासबाट स्वास्थ्य परीक्षण गरी उनीहरुलाई इजरायल लगिने छ ।

साना किसान कृषि सहकारीभन्दा बाहेक अरु सहकारीले यो कृषि अध्ययनका लागि युवालाई इजरायल पठाउने अवसर प्रदान गर्न नसक्ने हातेमालो साना किसान कृषि सहकारीका अध्यक्ष विश्वकर्माको भनाइ छ । सहकारीमा सदस्य बनेका कृषकको क्षमता वृद्धि गर्दै उनीहरुको जीवनशैलीमा कृषिका माध्यमले परिवर्तन ल्याउन यस सहकारीले सघाउने उनले बताए ।

सहकारीमा हाल एक हजार १७५ जना कृषक आवद्ध भएका छन् । दाम र काम दुवै पाउने भएपछि कृषकका छोराछोरी इजरायल जान निकै उत्साहित छन् । उनीहरुले यसबाट देश र जनता दुवैलाई लाभ हुने विश्वास व्यक्त गरेका छन् ।

साना किसान बैंक अन्तर्गत ग्रामीण क्षेत्रका कृषि सहकारीको पहलमा छनोट भएका युवालाई तालीमका लागि इजरायल पठाउने प्रक्रिया शुरु गरिएको साना बैंकले जनाएको छ ।

पछिल्लो समयमा इजरायल पठाइने युवाको क्षमता अभिवृद्धि गरेर उनीहरुलाई आर्थिक र प्राविधिक रूपमा बलियो बनाउन युवालाई इजरायल पठाउन लागिएको छ । प्राविधिक तालीमले नेपालको कृषि विकासमा टेवा पुग्ने र आधुनिक प्रविधिबाट खेती गर्न सकिए नेपाल थोरै समयमै समुन्नत हुने छ ।

इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ ।

पढे लेखेका युवा इजरायल गई कृषिको तालीम लिई नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । अति न्यून शुल्कमा इजरायलमा सीप सिकेर फर्केपछि यहाँ सरकारले समेत लगानी गरिदिने आकर्षणले युवामा कृषि क्षेत्रप्रतिको मोह बढेको हो । दश महीनाको तालीम अवधिभर तालीमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् ।

वि.सं.२०७६ वैशाख १४ शनिवार १७:४७ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...