
१५ बैशाख, ललितपुर । सरकारले स्वास्थ्य सेवा वापत दिदैँ आएको १ लाख रुपैयाँ बराबरको सुविधा लिनेमा क्यान्सरको बिरामी धेरै छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २०७४/७५ मा ३ सय २५ जना क्यान्सरका बिरामीले सुविधा लिएका छन् ।
०७३\७४ मा २ सय ६८ जना र ०७२/७३ मा १ सय ९२ जना क्यान्सर पीडितले यो सुविधा लिएका छन् । सरकारबाट सहयोग लिनेमा मुटुरोगीको संख्या दोस्रो छ ।
०७४÷७५ मा २ सय ८ जनाले, ०७३÷७४ मा २ सय २९ जान र ०७३/७२ मा १ सय २४ जानले सहयोग लिएका छन् । तेस्रो नम्बरमा मिर्गौला सम्बन्धी रोगी छन् । ०७४/७५ मा सय जना विरामीले यो सुविधा लिएका छन् । ०७३/७४ मा ८४ जना र ०७२/७३ मा ६८ जनाले सहयोग लिएका छन् ।
०७४/७५ मा स्पाइनल इन्जुरी भएका १० जना, हेड इन्जुरी भएका ७ जना बिरामीले सुविधा लिएका छन् । अल्जाइमर्स, पार्किन्सन्स, सिकल सेल, एनिमियाका एक\एक बिरामीले यो सहुलियत लिएका छन् । आइतबारको अन्न्पूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख १५ आइतवार ०८:४२ मा प्रकाशित