
१५ बैशाख, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू १६ क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई १४१ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको चियाङमाइमा भएको उक्त प्रतियोगितामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २३ ओभरमा नौ बिकेट गुमाउँदै मलेसियालाई १४१ रनको लक्ष्य दिएको हो ।
खेलमा नेपालका लागि प्रशान्त महतले सर्बाधिक ४० रन जोडेका थिए भने दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रनको योगदान दिएका थिए ।
समूह चरणको भेटमा नेपालले मलेसियालाई ३१ रनले पराजित गरेको थियो भने, फाइनलमा १४१ को रन लक्ष्य सहित नेपालले उपाधि हासिल गर्ने प्रवल संभावना रहेको छ ।
वि.सं.२०७६ वैशाख १५ आइतवार १२:३२ मा प्रकाशित