
१६ बैशाख, काठमाडौं । दिल्लीमा ट्युमरको सफल अप्रेसन पश्चात उपचार गराइरहेकी नायिका स्वेता खड्काले आफूले दोश्रो जीवन पाएको लेखेकी छन् ।
समयले प्रत्येक पटक आफूसँग खेल खेलेको बताउँदै बताएकी छिन् । ‘तपाई जान्न सक्नुहुन्न कहाँ कहिले के हुन्छ तपाईको आकांक्षा र योजना क्षणभरमै हराउने स्थिति आउँछ ।’ उनले भनेकी छन्, ‘मलाई तपाईहरु समक्ष यो कुरा बताई रहँदा अत्यन्तै दुःख लागेको छ । मैले नयाँ कामगर्न नसक्ने भएकी छु ।’
हालै नयाँ आउन लागेको फिल्म ‘हेलो लंडन’ को सुटिङका लागि लन्डन जाने कार्यक्रम रहेको र त्यहाँ जानु भन्दा केही दिन अगाडि आफ्नो गर्दन बढी दुखेको र डाक्टरसँग परामर्श गर्दा ट्युमरको समस्या रहेको बताएका थिए । तर, त्यसले आत्तिहाल्नु नपर्ने केही महिनापछि निकाल्दा पनि हुने बताएका थिए ।
लंडनको सुटिङको केही दिनपछि उनलाई ज्वरो आएको र गम्भीर दुखाई भएकोले डाक्टरहरुले तुरुन्त अप्रेसन गर्नुपर्छ भनेपछि तुरुन्तै दिल्ली गएर अप्रेसन गरिएको बताएकी छन् ।

दिल्लीको बिएलके अस्पतालको डाक्टर सुरेन्द्र कुमार डबासले रोबटिक सर्जरी गरेका थिए भने नेपालका डाक्टर पंकज ले यसको व्यवस्था गरेको तथा अप्रेसन सफल भएको पनि उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छन ।
‘यस घटनाले मलाई यो सिकाएको छ कि, जीवन दुर्भाग्यपूर्ण हो । हामी कहिल्यै पनि जान्दैनौ कि, हामीलाई कतिबेला के हुन्छ र जीवनले हामीलाई कहाँ पु¥याउँछ भन्ने ।’ उनले भनेकी छन् ।
वि.सं.२०७६ वैशाख १६ सोमवार १४:१७ मा प्रकाशित






























