
१७ बैशाख, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत संलग्नता भेटिएको छ ।
सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिको नाममा दर्ता भएको थाहा पाउँदा पाउँदै पनि एनआरएनएका केही पदाधिकारीहरुल जबर्जस्ती खरिद गरेको भेटिएको हो ।
‘गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ हामीले यो सरकारी जग्गा हो, नकिन्नुहोस् पछि विवाद आउँछ भनेर सम्झाएका थियौं,’ बालुवाटारको जग्गाबारे जानकार एक स्थानीयले भने, ‘त्यतिेले समेत विश्वास नहोला भनेर कागजात र अन्य विवरण पनि बुझाएका थियौं, तर, जर्बजस्ती किनेरै छाडे । ’
जग्गाको कागजात बारे प्रश्न उठेपछि एनआरएनएका पदाधिकारीहले वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई कागजात देखाएका थिए । उनले ‘ग्रिन सिग्नल’ दिएपछि जग्गा खरिद भएको एनआरएनएका एक पदाधिकारीले बताए ।
जग्गा खरिद प्रक्रियामा तत्कालीन अध्यक्ष शेष घलेसहित उपाध्यक्ष भवन भट्ट र अकौ गैरआवासीय नेपाली सोनाम लामा लगायत सक्रिय भएको स्रोतले बतायो । मंगलबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ वैशाख १७ मंगलवार ०८:२८ मा प्रकाशित