back
CTIZAN AD

सरकारी जग्गा भन्ने थाहा हुँदाहुँदै पनि एनआरएनएद्धारा जग्गा खरिद !

वि.सं.२०७६ वैशाख १७ मंगलवार

597 

shares

१७ बैशाख, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत संलग्नता भेटिएको छ ।

सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिको नाममा दर्ता भएको थाहा पाउँदा पाउँदै पनि एनआरएनएका केही पदाधिकारीहरुल जबर्जस्ती खरिद गरेको भेटिएको हो ।

‘गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ हामीले यो सरकारी जग्गा हो, नकिन्नुहोस् पछि विवाद आउँछ भनेर सम्झाएका थियौं,’ बालुवाटारको जग्गाबारे जानकार एक स्थानीयले भने, ‘त्यतिेले समेत विश्वास नहोला भनेर कागजात र अन्य विवरण पनि बुझाएका थियौं, तर, जर्बजस्ती किनेरै छाडे । ’

जग्गाको कागजात बारे प्रश्न उठेपछि एनआरएनएका पदाधिकारीहले वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई कागजात देखाएका थिए । उनले ‘ग्रिन सिग्नल’ दिएपछि जग्गा खरिद भएको एनआरएनएका एक पदाधिकारीले बताए ।

जग्गा खरिद प्रक्रियामा तत्कालीन अध्यक्ष शेष घलेसहित उपाध्यक्ष भवन भट्ट र अकौ गैरआवासीय नेपाली सोनाम लामा लगायत सक्रिय भएको स्रोतले बतायो । मंगलबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०८:२८ मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...