back
CTIZAN AD

हिरण्य अन्तराष्ट्रिय मैत्री पुस्तकालयको उद्घाटन

वि.सं.२०७६ वैशाख १९ बिहीवार

1.3K 

shares

१९ बैशाख, काठमाडौं । अन्तराष्ट्रिय मई दिवसको अवसर पारेर बुधवार हिरण्य अन्तराष्ट्रिय मैत्री पुस्तकालयको उद्घाटन गरिएको छ ।

परराष्ट्रविद् तथा पुर्व राजदूत हिरण्यलाल श्रेष्ठको ७७ बर्ष ७ महिना पुगेको जंकुको अवसरमा “एक व्यक्ति अनेक दृष्टि” नामक पुस्तकको विमोचन समेत गरीएको थियो ।

उद्घाटन तथा लोकार्पण समारोहका प्रमुख अतिथी संस्कृतिविद् सत्यमोहन जोशीले भगवान शिवको पावन भूमि शिवपुरी र भगवान नारायणको प्रतिमुर्ति रहेको बुढानिलकण्ठको यस पावन भूमिमा आज हिरण्यलाल श्रेष्ठको एकल प्रयासमा “हिरण्य अन्तराष्ट्रिय मैत्री पुस्तकालयको उदघाटन र हिरण्यलाल श्रेष्ठद्धारा लिखित पुस्तक “एक व्यक्ति अनेक दृष्टि” विमोचन गर्ने अवसर पाएकोमा आफु गौरवान्वित भएको बताएका थिए ।

संस्कृतिविद जोशीले हिरण्यलाल श्रेष्ठको नेवारी परम्परा अनुसार जंकु गरिएकोमा नेवारी परंपरा अनुसार हिरण्यलाल श्रेष्ठ अब मनुष्यगणबाट देवगणमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना समेत दिएका थिए ।

यसैगरी पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले आफनो नगरपालिकामा यस खालको अन्तराष्ट्रिय पुस्तकालयको स्थापना हुनु समग्र नगरवासीको लागि गौरवको विषय भएको बताउँदै भविस्यमा यस पुस्तकालयको स्तरोन्नतिमा सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै हिरयण्लाल श्रेष्ठले यो अन्तराष्ट्रिय पुस्तकालयको रुपमा आफनो निजी सम्पति सार्वजनिक गर्दै आजको दिन संस्कृतिविद, लेखक, प्राध्यापक, कलाकार र पत्रकारहरुको संगम रहेको बताएका थिए ।

श्रेष्ठकी दिदी पूर्णलक्ष्मी श्रेष्ठको सभापतित्वमा भएको पुस्तक लोकार्पण तथा पुस्तकालयको उदघाटन समारोहमा श्रेष्ठलाई मकवानपुर समाज ,काठमाडौं महानगरपालिका वडा नं २३, योगी नरहरिनाथ ट्रष्ट र श्रीहनुमान आराधना मण्डल आदि संघसंस्थाले समेत अभिनन्दन गरेका थिए ।

हिरण्य अन्तराष्ट्रिय मैत्री पुस्तकालयमा नेपाल परिचय, बुद्धिजम, मानवतावाद, अंहिसा, नागरिकता , भाषा , जाति , वैदैशिक नीति, एनआरएनए नेपालमा वैदैशिक लगानी, नेपालको ब्यापार पारबहन, वैदैशिक रोजगार, विभिन्न सन्धि सम्झौता , इयू, माओवादीद्धन्द, नेपालको परराष्ट्र नीति सम्बन्धी संग्रहीत दस्ताबेज, नेपाली सेनाको सुरक्षा नीति, राजनैतिक विषय दलहरु, राजा , पञ्चायत र राप्रपा लगायत पठनयोग्य पुस्तकका साथै एक सय पचास भन्दा बढी दस्ताबेजहरु संग्रहीत रहेका छन ।

नेपालको परराष्ट्र नीति तथा नेपालबारे जानकारी लिन चाहने विद्यार्थी तथा पीएचडी विद्यार्थीहरुको लागि यो पुस्तकालय उपयोगी हुन सक्दछ ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार ११:४४ मा प्रकाशित

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...