
कर्मशिल, मृदुभाषी र सँसारका टप पर्यावरणबिदहरुको सूचिमा आफूलाई उभ्याईसकेका (नेपालले फाईदा लिनुपर्ने) उत्तमबाबु श्रेष्ठ सँग (हरियो ज्याकेट) हामीहरुको पेरिसमा भेट भयो ।
श्रेष्ठ निडर कलमजीबि पनि हुन् , ददिराम जी जस्तै । आईफल टावरका फेदमा यि दुई बिचारकहरुसँग मातृभुमीका बिषयमा गफ गर्ने मौका मिल्यो । हामीहरुको गफका केहि बिषयहरु ।
१-मौका पाईएन भनेर बौद्दिक तथा पढेलेखेको जमातले देश छाड्नाले गलत तथा भ्रष्ट नेता र तिनका कार्यकर्तालाई मैदान दियौँ । त्यसले निराशा जन्माएको छ ।
२ -नेपालमा राम्रा कामहरुका नतिजा देखिन थालेका छन् जस्तै केहि राष्ट्रिय गौरव योजनाहरुको बिकास (सरकार अझै दृढ हुनुपर्छ) । प्रधानमन्त्रीले उखान टुक्का हाल्ने र बिरोधी खसाल्ने भन्दा सीधा एक्सन लिने हुनुपर्छ । (हामीले नेकपा भित्रका अरु स्वच्छ छबिका नेता सँझ्यौँ)
३-अहिलेको नया पुस्ता को सोचाई र काम गराई हाम्रो बेलाको भन्दा फरक छ । उनीहरुमा नया टेक्नोलोजि, नयाँ आबिस्कार प्रति ध्यान गएको छ ।
४-नेपाली समाजमा खानपान, रहनसहन र चेतनाको स्तरमा द्रुत परिवर्तन भईरहेको छ ।

५-बिदेशमा गएर दुख गरेको नेपालीले श्रम पनि गरेको छ र शिप पनि सिकेको छ । यिनिहरुको शिपलाई देशको हितमा लगाउनु पर्छ । (ईजरायलले आफ्नो देशको बिकास गर्न सँसारभरका यहुदीहरुलाई सम्मानका साथ बोलाएजस्तो) । के कस्ता शिप भन्ने कुरा को त पहिचान नै भएको छैन अझै ।
६-बिदेश भनेर नेपालबाट मध्ययम स्तरका बिद्यार्थीहरु बिदेश जाने चलनले समस्या निम्ताउदैछ । आफू पुगेको देशमा गएर पढाई पुरा गर्न सकिरहेका छैनन् । उनीहरुले किनभने फि तिर्न काम गर्नु पर्ने अबस्था छ जसले गर्दा पढाईमा असर गरिरहेछ । दोस्रो कुरा बिदेशमा आएर शिप पनि सिक्न पाएका छैनन्, किनभने उनीहरुमा आफु बसेको देशको भाषा र सँस्कृतिको ज्ञानको अभाव मात्र होईन त्यो देशको बेशिक लेभलको पढाई छैन । उनीहरु बिदेशमा आएर मध्यम खालको काममा अलमलिन बिबश छन् ।
७-बिदेशबाट जतिपनि रेमिन्टेन्स भित्रियो त्यो अनुत्पादक क्षेत्रमा गयो खासगरी घरै बनाउने । त्यो पनि आबस्यकता भन्दा ठूलो घर र सुबिधा बिहीन घर । घर ठूलो छ तर घरको आन्तरिक सजावट र सेवा सुबिधा प्रयोग गर्न मानिसले जानी नसकेको अबस्था छ ।
वि.सं.२०७६ वैशाख १९ बिहीवार १०:५४ मा प्रकाशित






























