
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले हृदयघातबाट बच्नका लागि निम्न उपाहरु सुझाएका छन् ।
आजको व्यस्त समयमा यी उपायहरु अपनायमा मुटु स्वस्थ राख्न सकिने र आफू पनि स्वस्थ भइने उनी बताउँछन् ।
यस्तो छ उनले सुझाएको उपाय
१–धुम्रपान नगर्ने
२–अत्यधिक मदिराको सेवन नगर्ने
३–मधुमेह, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको राम्रो नियन्त्रण गर्ने ।
४–मोटोपना भएमा तौल घटाउने र यसलाई नियन्त्रणमा राख्ने ।
५–नियमित शारीरिक गतिबिधि गर्ने ।
६– नियमित रुपले ताजा फलफूल प्रशस्त सागसब्जी र माछाको प्रयोग गर्ने ।
७–नुन, चिनी र चिल्लो (फैट) को सेवन सकेसम्म कम गर्ने ।
८–डिप्रेशन र मानसिक तनावलाई कम गर्ने ।
यस्तो हुन्छ हृदय घातको लक्षण
१–छाति दुख्नु वा पोल्नु
२–पसिना आउनु
३–वाकवाकी लाग्नु वा उल्टी हुनु
छातिमा असजिलो अनुभव गर्नु ।

वि.सं.२०७६ वैशाख २३ सोमवार ११:०५ मा प्रकाशित






























