back
CTIZAN AD

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

वि.सं.२०७६ वैशाख २४ मंगलवार

777 

shares

२४ वैशाख । मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २६ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । प्रदेश २ का लागि रोहन विकले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै शेख इमरानले १४, विशाल पटेलले २८ तथा निखिल सिंहले २७ रन जोडे ।

सुदूरपश्चिमका आशिष भट्टले ३ विकेट लिए भने सचिन बदायाक र गोविन्द विष्टले समान १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सुवास ऐरले ४७ रनको योगदान दिए भने सन्दीप विष्ट २८, आशिष भट्ट २१ र गोविन्द विष्टले १४ रनको योगदान दिए ।

प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३ विकेट लिए भने प्रशान्त सिंह अरबाज अन्सारीले एक विकेट लिए । उपाधिसँगै प्रदेश नं २ ले रु दुई लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार पायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै उत्कृष्ट बलर प्रदेश नं ३ का दीपक बोहोरा, उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइश भट्टराई, उदयमान खेलाडी प्रदेश नं ३ का स्पिनर भार्गव चटौत घोषित भए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार २१:०१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...