back

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

वि.सं.२०७६ वैशाख २४ मंगलवार

48 

shares


२४ वैशाख । मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २६ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । प्रदेश २ का लागि रोहन विकले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै शेख इमरानले १४, विशाल पटेलले २८ तथा निखिल सिंहले २७ रन जोडे ।

सुदूरपश्चिमका आशिष भट्टले ३ विकेट लिए भने सचिन बदायाक र गोविन्द विष्टले समान १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सुवास ऐरले ४७ रनको योगदान दिए भने सन्दीप विष्ट २८, आशिष भट्ट २१ र गोविन्द विष्टले १४ रनको योगदान दिए ।

प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३ विकेट लिए भने प्रशान्त सिंह अरबाज अन्सारीले एक विकेट लिए । उपाधिसँगै प्रदेश नं २ ले रु दुई लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार पायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै उत्कृष्ट बलर प्रदेश नं ३ का दीपक बोहोरा, उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइश भट्टराई, उदयमान खेलाडी प्रदेश नं ३ का स्पिनर भार्गव चटौत घोषित भए ।

वि.सं.२०७६ वैशाख २४ मंगलवार २१:०१ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...