
२६ बैशाख, झापा । धेरै नेपाली किसानले बाख्रा पाल्छन् । बाख्राको मूल्य कतिपर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ । तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईँभैसी वा घोडाको भन्दा बढी छ भन्दा पत्याउन गाहैो पर्छ ।
झापा हल्दिवारी गाउँपालिका १ गोलधापका गणेश पराजुली एउटा बाख्राको पाठा ४ लाख ६५ हजारमा रुपैयाँ सम्म्मा बिक्रि गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँ सम्मा बाख्राको पाठा बिक्रि गर्दै आएका छ्न ।
‘प्रगति बोयर बाख्रा फर्म’ का सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन् । ठूला साना गरी सबै हिसाब गर्दा दुई करोड बढीको बाख्रा पाल्दै आएको पराजुली बताउँछन् । विहिबारको कारोबार दैनिकमा झापाबाट मनिषा चम्लागाईँले लेखेकी छन् ।
वि.सं.२०७६ वैशाख २६ बिहीवार ०७:५१ मा प्रकाशित






























