back
CTIZAN AD

कन्सलटेन्सिहरुबाट एकै दिनमा ६९ हजार रुपैयाँ जरिवाना संकलन

वि.सं.२०७६ वैशाख २६ बिहीवार

696 

shares

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपलिकाले जथाभावी फोहर गर्ने एजुकेशनल कन्सल्टेन्सिहरुबाट आज एकै दिनमा ६९ हजार रुपैयाँ जरिवाना उठाएको छ । कक्षा १२ को परिक्षाको आज अन्तिम दिन काठमाडौंका बिभिन्न परिक्षाकेन्द्र बाहिर जथाभावि पर्चा, ब्रोसर तथा पमप्लेट फालेर फोहर गर्ने बिभिन्न कन्सल्टेन्सिबाट सो रकम बराबरको जरिवाना संकलन गरीएको माहानगरपालिका वातावरण ब्यबस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएकाछन । राजधानीमा च्याउ झैं खुलेका बिभिन्न कन्सल्टेन्सि तथा ट्युसन सेन्टरहरुले जथाभावि गर्ने यस्तो फोहरका कारण राजधानीका सडक तथा चोकहरु कुरुप देखिने गरेकाछन ।

बिज्ञहरुका अनुसार बिभिन्नखालका प्रदुषणले आक्रान्त बनेको काठमाडौं शिक्षित भनिएकाहरुबाट भएको अटेरिपनाको कारण झनै कुरुप देखिएको छ । यसरी अटेरी गर्नेहरुलाई कडा कानुनी कार्बाहि गर्नु पर्ने बिज्ञहरुको भनाइ रहेकोछ ।

कन्सल्टेन्सिहरुले फालेको कागजबाट कबाडिवाला मालामाल

बिभिन्न कलेज अगाडी फालिएका पर्चा, ब्रोसर तथा पमप्लेटका कारण कवाडी वालाहरु मालामाल भएका छन । आज राजधानीमा संधैं भन्दा फरक देखियो । डिल्लीबजार कन्या क्याम्पस अगाडी भारतको मोतीहारी घर बताउने एक भारतीय नागरिक कागज संकलनमा ब्यस्त देखिए । उनी भन्दै थिए “के गर्नु हजुर ५ रुपैंया किलो बिकीहाल्छ । त्यहि भएर कागज उठाउँदैछु । ” उनले भने “यो कागज सबै फोहरमा गैहाल्छ, मैले लैजादा कबाडीमा त जान्छ ।”

यो पनि पढ्नुहोस ।

शैक्षिक परामर्श केन्द्रहरुका कारण कुरुप राजधानी

वि.सं.२०७६ वैशाख २६ बिहीवार १६:१४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...