back
CTIZAN AD

पाकिस्तानमा बम बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लियो

वि.सं.२०७६ वैशाख २६ बिहीवार

723 

shares

२६ वैशाख, लाहोर ।  पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वा्धिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ ।

उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ ।

लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका थिए ।

यस बिस्फोटको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

यहाँको एक मस्जिदभित्र महिला प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको थियो । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । त्यस समयको उक्त आक्रमणमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको थियो ।

इस्लामिक लडाकूले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

तर कडा सुरक्षाकाबीच पनि हिंसात्मक हमलाहरु जारी रहेका छन् । ती हमलाहरुका कारण नागरिकको ज्यान गइरहेका समाचारहरु आएका छन् ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १७:०४ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...