२७ बैशाख, काठमाण्डौं ।राजधानीमा पठाओ, टुटल लगायत मोबाइल एप्लिकेशनबाट संचालित हुने निजी सवारीबाट यात्रु बोक्न नपाइने भनेर प्रहरीले कारबाही अगाडि बढाएपछि केही समय विवाद आएपनि ती विवाद अहिले साम्य भएका छन् ।
टुटल र पठाओ जस्ता मोबाइल एप्लिकेशनका आधारमा चल्ने त्यस्ता नीजी सवारी साधन चलाउने चालकले भने दिनमै ३ हजारसम्म कमाउने गरेको बताउछन् ।
मोबाइल एप्स मार्फत् पठाओको सेवा प्रयोग गरेका चर्चित हास्यव्यंग कलाकार मनोज गजुरेलले गरेको कुराकानीमा चालक आशिष स्याङ्वो तामाङले पठाओ मार्फत् आफ्नो मोटरसाइकलमा यात्रु बोकेर गन्तव्यमा पु¥याउने गरेका उनले गजुरलेसँगको कुराकानीमा दिनभरीमा ३ हजार सम्म कमाउने गरेको र २० प्रतिशत कम्पनी तथा अन्य खर्च कटाएर दैनिक १५ सय सम्म बचाउने गरेको बताउँछन् ।
उनले पठाओमा जागिर खाएर अहिलेसम्म आफू सन्तुष्ट रहेको पनि बताएका छन् ।
वि.सं.२०७६ वैशाख २७ शुक्रवार ११:०५ मा प्रकाशित