back
CTIZAN AD

सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा

वि.सं.२०७६ वैशाख २८ शनिवार

648 

shares

२८ बैशाख, जाजरकोट । जाजरकोटलगायत कर्णाली प्रदेशका डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन थालेको छ ।

लोपोन्मुख जङ्गली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिन लागेको टोलीका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिएका छन् । वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा एकै पटक पूर्व सम्भाव्यता अध्ययन टोली पठाएर काम थालेको हो ।

शुक्रबारदेखि अध्ययन टोलीले तीनै जिल्लामा अध्ययन थालेको बस्नेतले बताए । समाजशास्त्री, वन्यजन्तु विज्ञ, वनस्पति विज्ञ, जङ्गलविज्ञ, पर्यटन र संस्कृतिक विज्ञसहितको टालीले तीन जिल्लाका विभिन्न ठाउँमा गएर स्थानीय सरकार, स्थानीयवासी, नागरिक समाजसँग अन्तक्र्रिया तथा स्थलगत अध्ययन थालेको हो ।

टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशेगाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम शुरु गरेको छ । अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ । कर्णालीमा अपार प्रकृतिक सम्पदा, जङ्गल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको बताइएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए । जाजरकोटमा हाब्रेलगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई शे फोक्सुण्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्नसके कर्णालीको परिचय फेरिने उनले बताए ।

मन्त्री बस्नेतले भने, “हामी अब विकट, गरीबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वका सामु कर्णाली भन्ने बित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौँ, हामीसँग पर्याप्त जङ्गल, जडीबुटी र जमीन छ, लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ ।”

यसैगरी ४१० मेघावाट जलविद्युत् आयोजना जाजरकोटकै पूर्वी क्षेत्र नलगाडमा बन्दै छ भने डोल्पाको जगदुला जलविद्युत् आयोजना निर्माण हुँदै छन् । त्यस्तै भेरी नदीबाट (ए), (वि), (सी) र (डि) लगायतका आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १६:१८ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...