back

सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा

वि.सं.२०७६ वैशाख २८ शनिवार

30 

shares

२८ बैशाख, जाजरकोट । जाजरकोटलगायत कर्णाली प्रदेशका डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन थालेको छ ।

लोपोन्मुख जङ्गली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिन लागेको टोलीका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिएका छन् । वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा एकै पटक पूर्व सम्भाव्यता अध्ययन टोली पठाएर काम थालेको हो ।

शुक्रबारदेखि अध्ययन टोलीले तीनै जिल्लामा अध्ययन थालेको बस्नेतले बताए । समाजशास्त्री, वन्यजन्तु विज्ञ, वनस्पति विज्ञ, जङ्गलविज्ञ, पर्यटन र संस्कृतिक विज्ञसहितको टालीले तीन जिल्लाका विभिन्न ठाउँमा गएर स्थानीय सरकार, स्थानीयवासी, नागरिक समाजसँग अन्तक्र्रिया तथा स्थलगत अध्ययन थालेको हो ।

टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशेगाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम शुरु गरेको छ । अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ । कर्णालीमा अपार प्रकृतिक सम्पदा, जङ्गल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको बताइएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए । जाजरकोटमा हाब्रेलगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई शे फोक्सुण्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्नसके कर्णालीको परिचय फेरिने उनले बताए ।

मन्त्री बस्नेतले भने, “हामी अब विकट, गरीबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वका सामु कर्णाली भन्ने बित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौँ, हामीसँग पर्याप्त जङ्गल, जडीबुटी र जमीन छ, लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ ।”

यसैगरी ४१० मेघावाट जलविद्युत् आयोजना जाजरकोटकै पूर्वी क्षेत्र नलगाडमा बन्दै छ भने डोल्पाको जगदुला जलविद्युत् आयोजना निर्माण हुँदै छन् । त्यस्तै भेरी नदीबाट (ए), (वि), (सी) र (डि) लगायतका आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १६:१८ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...