back

दरबारमार्गबाट १२ भारतीय नागरिक नियन्त्रणमा

वि.सं.२०७६ वैशाख २८ शनिवार

36 

shares
फाइल:फोटो

२८ बैशाख, काठमाण्डौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १६:२१ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, आज यी कम्पनीको सेयरमा गिरावट

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ, हेमन्त जोशी । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक...

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी !

वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट...

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

‘कोप’ २८ महत्वपूर्ण र सार्थक भयो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त...