back

सुनाकोठीमा बन्ने भयो नगर अस्पताल

वि.सं.२०७६ वैशाख ३० सोमवार

81 

shares

 

३० बैशाख, काठमाण्डौं । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।

अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ ।
यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको वडा नं २७ (साविक सुनाकोठी गाविस) मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।”

ललितपुर उपमहानगरपालिका भएदेखि नै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए । ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो । महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो ।

गोदावरी सडकमा निर्माण ठप्प

सम्झौता अवधि छ महीना मात्रै बाँकी हुँदा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण अघि बढ्न सकेको छैन । स्थानीयवासीको अवरोधका कारण निर्माण शुरु भएको तीन वर्षमा १० प्रतिशत मात्रै काम सकिएको छ । यो सडकमा स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वोच्च अदालतको आदेशका कारण भत्काउन नसकिएको उक्त आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उपत्यकाका विस्तार गर्न लागिएका कतिपय सडकमध्ये उपलब्ध भएका स्थानमा कालोपत्र गर्ने सरकारले निर्णय भएको जानकारी दिँदै उनले भने, “यो सडकका लागि त्यस्तो निर्णय पनि नभएको र स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागिरहेकाले निर्माण ठप्प भएको हो ।” सात दशमलव छ किलोमिटर लामो सोे सडक निर्माणका लागि आशिष सिएम जेभी र लामा समानान्तर जेभी ठेकेदार कम्पनीसँग विसं २०७३ असारमा ठेक्का सम्झौता गरिएकामा आगामी कात्तिकमा संझौता अवधि सकिने इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “यही अवस्था रहिरहँदा अवधि सकिए पनि भौतिक प्रगति न्यून नै हुन्छ ।”अहिले काठमाडौँ उपत्यकामा १२ वटा सडक निर्माणाधीन अवस्थामा छन् । ती सबैमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ ।

 

वि.सं.२०७६ वैशाख ३० सोमवार १४:२२ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...