back
CTIZAN AD

सुनाकोठीमा बन्ने भयो नगर अस्पताल

वि.सं.२०७६ वैशाख ३० सोमवार

1.1K 

shares

 

३० बैशाख, काठमाण्डौं । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।

अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ ।
यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको वडा नं २७ (साविक सुनाकोठी गाविस) मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।”

ललितपुर उपमहानगरपालिका भएदेखि नै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए । ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो । महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो ।

गोदावरी सडकमा निर्माण ठप्प

सम्झौता अवधि छ महीना मात्रै बाँकी हुँदा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण अघि बढ्न सकेको छैन । स्थानीयवासीको अवरोधका कारण निर्माण शुरु भएको तीन वर्षमा १० प्रतिशत मात्रै काम सकिएको छ । यो सडकमा स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वोच्च अदालतको आदेशका कारण भत्काउन नसकिएको उक्त आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उपत्यकाका विस्तार गर्न लागिएका कतिपय सडकमध्ये उपलब्ध भएका स्थानमा कालोपत्र गर्ने सरकारले निर्णय भएको जानकारी दिँदै उनले भने, “यो सडकका लागि त्यस्तो निर्णय पनि नभएको र स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागिरहेकाले निर्माण ठप्प भएको हो ।” सात दशमलव छ किलोमिटर लामो सोे सडक निर्माणका लागि आशिष सिएम जेभी र लामा समानान्तर जेभी ठेकेदार कम्पनीसँग विसं २०७३ असारमा ठेक्का सम्झौता गरिएकामा आगामी कात्तिकमा संझौता अवधि सकिने इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “यही अवस्था रहिरहँदा अवधि सकिए पनि भौतिक प्रगति न्यून नै हुन्छ ।”अहिले काठमाडौँ उपत्यकामा १२ वटा सडक निर्माणाधीन अवस्थामा छन् । ती सबैमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ ।

 

वि.सं.२०७६ वैशाख ३० सोमवार १४:२२ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...