back
CTIZAN AD

विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा पर्ने-अध्यक्ष प्रचण्ड

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

741 

shares

 

३१ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरुप नीति नियम र विकास मोडेल परिमार्जनको खाँचो रहेको बताएका छन् ।

ललितपुरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक सङ्कटमा फस्न सक्ने खतरा औँल्याएका छन् ।

उनले राजनीतिक प्रणालीलाई गुणात्मक ढङ्गले नयाँ बनाउने नेपाली जनताको चाहनालाई सम्बोधन गर्न राज्यका संरचना, ऐन, कानून, कार्यविधि र विकासका मोडल समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावनाअनुसार निर्देशित हुन जरुरी रहेको बताए । अध्यक्ष दाहालले भने, “हामीले त्यस्तो मोडल पत्ता लगाउन जरुरी छ, जुन मोडल नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता तथा परम्परासँग मिल्दोजुल्दो छ र आधुनिकताका ती पक्ष समेट्दै समाजलाई अग्रगति दिँदै समाजलाई समृद्ध बनाउने प्रविधिको प्रयोग गरेर लैजान आवश्यक छ ।”

अध्यक्ष दाहालले भने, “अहिलेको विश्वमा मानव जातिले जे–जस्ता समस्या भोेगेको छ, तीे विकासको मोडालिटीबाट पैदा भएका विभिन्न किसिमका नकारात्मक परिणतीहरु हुन्न्।” जलवायु परिवर्तनबाट पैदा भएका समस्या, भूमण्डलीय तापक्रम वृद्धिका समस्या पनि विकासको मोडलका कारण भएको उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने “विकासको कुन मोडल अपनाउने भन्ने कूरा महत्वपूर्ण छ । मैले भनेको संसारमा वर्षौं चलेको पूँजीवादी मोडेलको विकासतर्फ हामी जाने हो कि समाजवादी मोडेलतिर अगाडि जाने हो । यी दुई मोडल मात्र अहिले विश्वमा देखिएका छन् । मानव समाज नै पूँजीवादीको दबाबमा छ । हामीले जे–जस्ता समस्या भोगेका छौँ, ती पूँजीवादका कारण भएको हो । उनीहरुले मानव जातिलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणको नमूनाका क्षेत्रमा हामी समस्या नै समस्याग्रस्त हुँदै जाँदा पृथ्वी नै नष्ट हुने स्थिति बनेको छ ।”

अबका केही समयपछि राष्ट्रको गौरवमय परम्परा र समाज नै विघटन हुने खतरा बढेर गएको औँल्याउँदै उनले आत्मनिर्भर, दिगो विकास र विकासको मौलिक मोडल निर्माण गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आफूले कृषि विषयको शिक्षकका रुपमा गोरखाको आरुघाटमा कार्यरत रहँदा किसानलाई प्राङ्गारिक खेती प्रणाली र प्राङ्गारिक मल उत्पादन गर्ने तौरतरिका सिकाएको स्मरण गर्दै अध्यक्ष दाहालले अबको यात्रा प्राङ्गारिक कृषिका क्षेत्रमा हुनुपर्ने बताए ।

उनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर प्राङ्गारिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्न सम्मलेन सफल हुने विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनले कृषि क्षेत्रको भावी विकासको रणनीति र मोडल तय गर्नेछ ।

 

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १८:४० मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...