back
CTIZAN AD

नारायण शर्माले ल्याए थप ७ बुँदा

वि.सं.२०७६ जेठ १ बुधवार

699 

shares

१ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण शर्माले निर्णायक संघर्षका लागि थप ७ बुँदा सार्वजनिक गरेका छन् ।

राष्टिृयताका अतिरिक्त जनतन्त्र र जनजीविकाका प्रश्नहरु, नागरिकताका विषय लगायतका समस्याहरु समाधानका लागि पनि संयुक्त मोर्चाको आवस्यकता रहेको बताउँदै आएका शर्माले थप ७ बुँदा सार्बजनिक गरेका हुन् ।

यी हुन् ७ बुँदा

१. सत्तामा, समाजमा र संसारमा सत्य, स्वत्व, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र स्वविवेक स्थापनाको लागि हो ।

२. हामीबाट हराउँदै गरेको न्याय, नीति, नैतिकता, नैसर्गिकता, नागरिकता र नागरिकपनाको निरुपण र नियमनको लागि हो ।

३. मानवजीवनमा अर्थहीन हुँदै गएका मानवीय मूल्य-मान्यता, माया–ममता, मान–मर्यादा, मर्म–महत्ता र मेल–मिलाप जस्ता महत्त्वपूर्ण कुराहरुलाई अनिवार्य र अपरिहार्य अवलम्बन गर्न–गराउनको लागि हो ।

४. राज्यमा, राजनीतिक शक्तिमा, राजनीतिक–प्रशासनिक नेतृत्वमा र राजनीतिक-सामाजिक संघर्षमा रहेका र रहनसक्ने वैचारिक, वर्गीय, व्यावहारिक, वलिदानगत र वचनगत वद्धताबाटका विमुखता, व्यक्तिवादीता, वदमासी, विचलन, विकृती र विसङ्गतीलाई ठोक्न र रोक्नको लागि हो ।

५. समाजमा सार्थक, सान्दर्भिक, शाश्वत, सारगर्भित र सभ्य संस्कार र संस्कृतिको संरक्षण र संबर्द्धनको लागि हो ।

६. सांसारिक सुख, शान्ती र समृद्धीको निम्ति अर्थात् सत्यम्–शिवम्–सुन्दरम्को निमित्त सामाजिक सहअस्तित्व, सहिष्णुता, सहयोग, सद्भाव र सहकार्यलाई स्थापित गर्नको लागि हो ।

७. कुनै निस्चित शक्ति वा व्यक्तिका विरुद्धमा नभएर समाजमा भैरहेका र हुने अन्याय-अत्याचार, हत्या-बलात्कार, घुस–भ्रष्टाचार, दलाली-कमिसनखोरी, महङ्गी-कालाबजारी र ढिलासुस्ती-कुशासन जस्ता आर्थिक, सामाजिक र सांस्कृतिक अपराधका विरुद्धको निर्णायक संघर्षको निरन्तरता र सफलताका लागि हो ।

नयाँ संयुक्त मोर्चा निर्माण र परिचालनबारे सैद्धान्तिक अवधारणा

वि.सं.२०७६ जेठ १ बुधवार १६:३६ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...