back
CTIZAN AD

शेयरमा दोहोरो अंकले वृद्धि

वि.सं.२०७६ जेठ १ बुधवार

903 

shares

१ जेठ, काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयर बढे भने छ उपसमूहको शेयर घटे । बैंकिङ ९.८६, व्यापार १०.५६, विकास बैंक २५.९९, वित्त १.९५, अन्य ८.१२, लघुवित्त ०.१३ बिन्दुले वृद्धि हुँदा होटल ३४.१९, जलविद्युत् ७.२६, निर्जीवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४ र म्युचुअल फन्ड ०.०४ बिन्दुले घट्यो ।

नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ७.९७, विशाल बजार कम्पनी ७.७९, ग्रीन डेभलपमेन्ट बैंक ६.७३, रिलायन्स फाइनान्स ६.६१ र कृषि विकास बैंकका शेयरधनीले ५.२९ प्रतिशतले कमाए भने हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीले ६.०३, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.५२, सिभम सिमेन्टस् ४.७६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.३७ र नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले ३.९२ प्रशितले गुमाए ।

वि.सं.२०७६ जेठ १ बुधवार २०:४२ मा प्रकाशित

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...