back
CTIZAN AD

नेपाल–भारत सीमाअन्तर्गतका  नाका बन्द

वि.सं.२०७६ जेठ ३ शुक्रवार

594 

shares

३ जेठ , नवलपरासी । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ ।

भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाका बन्द हुने छन् । प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ ।

भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको छ । यतिबेला पश्चिम नवलपरासीको सिमाना ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १२:५४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...