back
CTIZAN AD

अमेरिकाबाट ‘तमसुक’ लिएर आए पदम विश्वकर्मा

वि.सं.२०७६ जेठ ३ शुक्रवार

1K 

shares

३ जेठ, काठमाण्डौं । अमेरिकामा रहेका साहित्यकार पदम विश्वकर्माको ‘तमसुक’ कथा संग्रह सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय सािहत्य समाज (अनेसास) का पूर्वअध्यक्ष तथा अनेसास बोर्डअफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माको कथा संग्रह ‘तमसुक’ सार्वजनिक भएको हो ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा विहिबार आयोजित एक समारोहकाबीच ‘तमसुक’ कथा संग्रह सार्वजनिक गरिएको हो ।

अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडिको सभापतित्वमा सम्पन्न भएको उक्त विमोचन कार्यक्रममा कथाकार एवं प्राज्ञ माया ठकुरी, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको आतिथ्यता, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ खगेन्द्र लुइँटेल, समालोचक ज्ञानु अधिकारी, साहित्यकार कृष्ण धरावासी, प्रा.डा. सुरेन्द्र केसी, शिखा बुक्सका पुष्पराज पौडेल, साहित्यकार दामोदर पुडासैनी, हिरण्य कुमारी पाठक, राम प्र दाहाल, गोविन्द गिरी प्रेरणा, राम भण्डारी, कमला विश्वकर्मा, भगवती उप्रेती, रन्जना निरौला, कमला रिसाल, बाबा बस्नेत, कवि भिम उप्रेती, अनेसास साउदी च्याप्टरका अध्यक्ष नवराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कथाकार तथा प्राज्ञ माया ठकुरीले साहित्यकार विश्वकर्माको कथा संग्रह ‘तमसुक’ मा मुखुटा लगाएका द्धैध चरित्र भएका थुप्रै पात्र भेटिएको बताएकी छन्, उनले रोजीरोटिका लागि विदेश बसेका साहित्यकार विश्वकर्माले त्यहाँ भोगेका, देखेका कुराहरुलाई तमसुकमा उतारेको बताइन् ।

त्यस्तै समालोचक ज्ञानु अधिकारीले ‘तमसुक’ मा रहेका २३ वटा कथामा २१ औं शताब्दिमा चरम आधुनिकताले घेरिएको समाजको चित्र, ग्रामिण परिवेश र गरिबीको चित्र, बैदेशिक रोजगारीले ल्याएको पारिवारीक बिखण्डनको कुराहरु, युरोप र अमेरिकामा बस्ने नेपालीको जीवन संघर्षलगायत चित्रण गरिएको बताइन् ।

त्यस्तै कथा संग्रहमा प्रेम, यौन र दाम्पत्य जीवनमा आउने विषम परिस्थिति र त्यसले ल्याउने विकृति तथा प्रविधि, पैसा र नशाले आजको मान्छेलाई कसरी यान्त्रिक र समवेदनाहिन बनाएको छ भन्ने कुरा पनि कथामा आएको पनि बताइन् ।

‘तमसुक भित्र रहेका कथा पढिरहँदा मात्र नभएर कथाकारले नेपाली साहित्य समाजका लागि कस्तो विचार वा दृष्टिकोण दिन खोजेको छ भन्ने कुरा पाइन्छ ।’ समालोचक अधिकारीले भनिन् ।

त्यसैगरी ‘तमसुक’ लेखक पदम विश्वकर्माले  सबैको जीवनसँग मेला खाने कथाहरुको संग्रह तमसुक रहेको बताए । तमसुकभित्र रहेका पात्रको चरित्रमा पाठक कतै न कतै आफू पनि परेको महसुस गर्ने समेत बताए । अमेरिका बेलायत लगायतका देशमा रहेका नेपालीका दुःख बेदान्त, लडाईँ, झगडा जो बाहिर नआएका कुराहरुलाई समेट्ने कोशिष गरेको बताए । लेखक विश्वकर्माले तमसुकमा अमेरिकी संस्कृतिलाई पनि व्यंग्यात्मक रुपमा ल्याइएको समेत बताए ।

त्यस्तै लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपालबाट सपनाको देश भनेर विदेश पुगेका नेपालीहरुको वेदनालाई तमसुकमा समेटिएको बताए । उनले सपनाको देश भनेर हतारिनेलाई पनि यसले सन्देश दिएको बताए । उनले विदेशमा बसेपनि नेपाली भाषा, संस्कृति र नेपाली समुहकाबीच बाँचेका लेखकले त्यहि कुरा आफ्ना कथामा ल्याएको बताए । उनले विश्वकर्माको आख्यान यात्राको संख्यात्मक मात्र नभएर गुणात्मक रुपमा संसारभर फैलिन सकोस् भन्ने कामना समेत गरेका थिए ।

त्यस्तै साहित्यकार दामोदर पुडासैनीले नेपाली साहित्यमा गहकिलो तथा लोभ लाग्ने कृतिका रुपमा तमसुक आएको बताए । पुडासैनीले सुन्दर मानिसको सुन्दर बिचार तमसुकमा संयोजन भएर आएको बताए । उनले हिजो केही कुरा लिने र दिने बीचको टिपोट मानिन्थ्यो भने यो तमसुक अहिलेको समयको तमसुक भएको बताउँदै कथाका शैलीहरु काव्यात्मक रुपमा आएको बताए ।

त्यस्तै प्रा.डा खगेन्द्र लुँइटेलले लेखक विश्वकर्मा राम्रो साहित्यकार, कुशल संगठनक भन्दा पनि बढी, साहित्यलाई नेतृत्व दिने व्यक्तित्व रहेको बताएका थिए । विश्वकर्माले नेपाली साहित्यको अन्तराष्ट्रियकरणका लागि विशेष योगदान पु¥याएको पनि लुँइटेलको भनाई थियो ।

त्यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले आफू संस्थाको नेतृत्वमा आएपछि गरेका संस्थाको गतिबिधि बारे जानकारी दिर्दै लेखकलाई शुभकामना दिएका थिए ।

बाबा बस्नेतको संचालन रहेको उक्त कार्यक्रममा अन्य साहित्यकारहरुले पनि लेखकलाई शुभकामना दिएका थिए भने सिखा बुक्सका पुष्पराज पौडेलले कार्यक्रमको समापन गरेका थिए ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १३:०१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...