back

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ ‘प्रचण्ड’

वि.सं.२०७६ जेठ ३ शुक्रवार

369 

shares
GLOBAL IME AD
NTC AD

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन ।
छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सन्र्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय रुपमा माक्र्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको बताउँदै अध्यक्ष दाहालले भने“पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिएका हुन ।” नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ”, उनले भने ।
मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताए।

उनले एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको जानकारी गराउँदै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताए ।
सङ्गठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरुलाई विकास र समृद्धिको यात्रामा सहभागी गराउने अध्यक्ष दाहालको भनाइ थियो ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १३:३१ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...