back
CTIZAN AD

उपप्रमुखसहित पाँच माथि गाली बेइज्जती मुद्दा

वि.सं.२०७६ जेठ ५ आइतवार

654 

shares

५ जेठ, वीरगन्ज । पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेको छ ।शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु एक करोड नौ लाखमा पारेको विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरुले विरोध जनाउँदा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गरेको हो ।

प्रमुख रौनियारले उपप्रमुख महतो कार्यपालिकाका–३ का वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपप्रमुख महतोले बताए  ।

उपमेयर महतोसँग जिज्ञासा राख्दा उनले जुन बोलपत्र खुल्ला रुपमा निकाल्नु पर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाको चलखेलमा कम रकममा आफनो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको बताए । यस सम्बन्धमा थप जानकारीको लागि प्रमुख रौनियारसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुनसकेन ।

वि.सं.२०७६ जेठ ५ आइतवार १६:३० मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...