back
CTIZAN AD

संयुक्त मोर्चाको आवस्यकता रहेकोमा नेताहरुको जोड

वि.सं.२०७६ जेठ ५ आइतवार

942 

shares

५ जेठ, काठमाण्डौं । राष्ट्र, राष्ट्रियता र जनजिवीकाका लागि संयुक्त मोर्चाको आवस्यकता रहेको नेताहरुले बताएका छन् ।

शनिबार राजधानीको त्रिचन्द्र कलेजमा आयोजित ‘के गर्ने एक छलफल’ विषयक कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरुले राष्ट्र, राष्ट्रियता र जनजिवीकाका लागि संयुक्त मोर्चाको आवस्यकता रहेको बताएका हुन् ।

वामपन्थी नेता तथा सर्वहारावादी चिन्तक स्वनाम साथीको अध्यक्षतामा सम्पन्न सो छलफल कार्यक्रममा नेकपाका नेता नारायण शर्माले नागरिकता, भ्रष्टाचार, जनजीवीकाका प्रश्न लगायतका राष्ट्रियताको मुल मुद्दामा सरकारलाई रचनात्मक खबरदारी गर्दा पनि नसच्चिएमा आन्दोलनका नयाँ स्वरुप निर्माण गर्नुपर्ने बताएका थिए ।

उनले अहिलेको अवस्थामा जनता जागरण गर्ने आन्दोलन तथा जनताका निम्ति खबरदारी गर्नका लागि संयुक्त मोर्चाको आवस्यकता रहेको बताउँदै यसका लागि सबैको ऐक्यबद्धता आवस्यकता रहेको बताएका थिए ।

त्यसैगरी नेकपा मालेका महासचिव सिपी मैनालीले परिवर्तनका विशेषताको बारेमा जति उद्घाटित हुनुपर्ने त्यो विगतकालमा हुन नसकेको बताए । उनले ७० वर्षको कम्युनिष्ट आन्दोलनलाई हेर्दा अहिले पनि नेपाल र नेपालीको स्वतन्त्रताको कुनै ग्यारेन्टी नभएको बताएका थिए ।

महासचिव मैनालीले अहिले पनि देश भताभुंग हुन्छ कि भन्ने कुरा महसुस गरिरहेको बताउँदै नागरिकता,राजनीतिक सिस्टम र कल्चर लगायतका हरेक कुरामा विदेशी हस्तक्षेप भइरहेको बताए । उनले ०६३ सालको परिवर्तन पछि भएको भारतीय हस्तक्षेपलाई कहिलेसम्म निमिट्यान्न पार्ने भन्ने दिशा अझै लिन नसकेको स्थितिमा यससँग जुझ्नका लागि सबैखाले राष्ट्रवादी शक्तिहरु एउटै ऐजेण्डा बनाएर मोर्चा नभएपनि सहकार्य गर्नुपर्ने अहिलेको आवस्यकता रहेको बताएका थिए ।

त्यस्तै नागरिकता विषयका अभियन्ता साध्य बहादुर भण्डारीले आफूहरुले ६ वटा पार्टी र राजनीतिक संघसंस्थाको सहकार्यमा नागरिकताका विधेयक खारेज हुनुपर्ने माग गर्दैै आन्दोलन गरिरहेको बताए । उनले नागरिकता विधेयक अत्यन्त घातक रहेको र यसले मुलुकको सार्वभौमिकता समाप्त गर्ने अन्तिम दिशाको रुपमा नागरिकता विधेयक रहेको आफूहरुको ठहर रहेको बताए । उनले सत्ताधारीले नागरिकता विधेयक पास गर्ने मात्र नभएर विधेयक प्रस्तुत भैरहदा परिपत्र गरेर पनि हजारौंको संख्यामा नागरिकता वितरण भइरहेको समेत बताए ।

नेता भण्डारीले सिमानाका मुद्धाहरु, मानब अधिकारका मुद्दा, भ्रष्टाचार लगायतका तमाम मुद्दाहरुका बीचमा पनि यतिबेला नागरिकता विधेयक खारेजको मुद्दालाई शसक्त रुपमा अगाडि बढाउनुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा मसालका नेता हिमलाल पुरीले अहिले बनेको संविधान र त्यस सम्बन्धी कानुनहरुलाई कार्यान्वयन गर्दै जावोस् र प्रगतिशील कामहरु गर्दै जावोस् भन्ने अपेक्षा सरकारबाट आफूहरुले राखेको अवस्थामा सरकारबाट त्यस प्रकारका कामहरु नभएको बताए ।

उनले सुरुमा सरकारले यातायातमा सिन्डीकेट खारेज लगायतका केही सुधारवादी कामहरु गर्न खोजेको देखिए पनि त्यस्ता काममा असफल भएको बताए । उनले असफल भएका कामहरुलाई सरकारले सच्याउने प्रयास नगरेको र राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालमा हरेक पक्षमा ध्यान नदिएको बताए । उनले भने, ‘यद्यपी हाम्रो पार्टीले सरकारलाई समर्थन गरेको तर, समर्थन गर्नुको आधारहरु हुनु पर्यो नि, हाम्रा केही अपेक्षा छन्, त्यसकारणले हामीले यसलाई समर्थन गरेका छौं, तर यसका काम नकारात्मक हुँदै गए ।’

उनले गणतन्त्रका विरुद्धमा बाहिर आवाज उठेपनि अहिलेनै गणतन्त्रको विकल्प खोज्ने पक्षमा आफूहरु नरहेको बताउँदै अहिलेको अवस्थामा जनविरोधि काम होइन कि, प्रगतिशील काम गरोस् भनेर दवावमुलक संघर्षका कार्यक्रम गर्न जरुरी रहेको बताएका थिए ।

त्यस्तै पूर्वसांसद तथा नागरिक अभियन्ता हरि रोकाले जनतन्त्र, जनजीवीका र राष्ट्रियताका विषयमा मोर्चा बनाउँदा त्यसको लागि योजना, कार्यक्रम र संरचना चाहिने बताए । जनतन्त्र, जनजीवीका र राष्ट्रियताका विषयमा सरकारले काम गर्ने र त्यतातिर जाने लक्षण समेत नभएको बताउँदै सरकारले आफ्नो ग्रासरुट गुमाउँदै गएको बताए ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी, महँगी सामान्य जीवनयापनका कुरामा पनि सरकारको ध्यान नगएको अवस्थामा जनताको अपेक्षा खस्कदै गएको बताए । ‘यसको अर्थ के हो भने, समग्रमा लेफ्ट आन्दोलन पनि बदनाम हुँदै जाने कुरा हो,’ रोकाले भने, ‘हामी जो, बामपन्थ भनेर आ–आफ्ना दृष्टिकोण राखेर कम्तिमा आ–आफ्नो मत बनाएर हिँडिरहेका थियौं त्यो मत पनि धरासायी हुने स्थिति आएको छ । कम्युनिष्टको सरकारको नाम भएपछि स्वभाविक रुपमा यी गर्न नसक्ने भनेर सबैमा आक्षेप लाग्ने अवस्था आएको छ ।’

राजनीतिज्ञ भरत दाहाल, गंगा लामा लगायतको उपस्थिति रहेको सो अवसरमा, पूर्वराजदूत महेश मास्के, कमान सिंह लामा, अधिवक्ता तथा पुष्पलाल अध्ययन समाजका सदस्य बोर्ण बहादुर कार्की, प्रेम कैदी,कृष्ण आचार्य, भरत गौतम,एकराज भण्डारीलगायतले संयुक्त मोर्चा निर्माणका लागि बृहद छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । साथै हालका लागि नागरिकता विधेयक खारेज अभियानमै सबैको ऐक्यबद्धता जुटाउँदै जाने निर्णय गरिएको र त्यसको जिम्मा नागरिकता अभियन्ता साध्य बहादुर भण्डारीललाई नै दिइएको पनि नेकपाका नेता नारायण शर्माले संसारन्युजलाई बताएका छन ।

वि.सं.२०७६ जेठ ५ आइतवार १६:१६ मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...