back
CTIZAN AD

किन परेन महानगरका ४ वडामा स्वरोजगार आवेदन ?

वि.सं.२०७६ जेठ ५ आइतवार

798 

shares

५ जेठ, काठमाडौँ । सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन ।सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्त्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिए । ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक ओलीले बताए ।

न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका कोही पनि सदस्य रोजगारी नपाएका र कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यो कार्यक्रमअन्तर्गत आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने कामपाले जनाएको छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलोपटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहको बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे ।

वि.सं.२०७६ जेठ ५ आइतवार १६:१० मा प्रकाशित

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...