back

किन परेन महानगरका ४ वडामा स्वरोजगार आवेदन ?

वि.सं.२०७६ जेठ ५ आइतवार

345 

shares
GLOBAL IME AD
NTC AD

५ जेठ, काठमाडौँ । सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन ।सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्त्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिए । ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक ओलीले बताए ।

न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका कोही पनि सदस्य रोजगारी नपाएका र कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यो कार्यक्रमअन्तर्गत आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने कामपाले जनाएको छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलोपटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहको बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे ।

वि.सं.२०७६ जेठ ५ आइतवार १६:१० मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...