back
CTIZAN AD

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०७६ जेठ ६ सोमवार

927 

shares

६ जेठ, काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी राजपा सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो ।सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उनले बताए ।

सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गरे । सांसद अनिलकुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न पनि सरकारसँग माग गरिएको थियो । सांसद अमरेशकुमार सिंहले उखु किसानले मुल्य नपाएको उल्लेख गर्दै कसको मिलिभगतमा पीडित भएका हुन भनी प्रश्न गरेका थिए ।

सांसद आशाकुमारी विकले सुदूरपश्चिमको गौरवको आयोजनाको कार्यप्रगति कछुवा गतिमा भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । सांसद उमेशकुमार श्रेष्ठले शिक्षकको खाली दरबन्दी पूर्ति गर्न माग गरे । सांसद एकवाल मियाँले बारा जिल्लामा हावाहुरीले भत्किएका घर छुटेकाले पुनःसर्वेक्षण गर्न माग गरे । सांसद खगराज अधिकारीले कालिगण्डकी सिँचाइ आयोजना निर्माणमा भएको ढिलाइको जवाफ माग पनि गरे ।

सांसद गजेन्द्रबहादुर महतले जग्गा अतिक्रमण गर्ने कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको मिलेमतोमा दोषीलाई उम्काउन खोजिएकाले यसतर्फ सरकारलाई सचेत गराए ।

सांसद घनश्याम खतिवडाले वास्तविक किसानलाई अनुदान मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद जीपछिरिङ लामाले माथिल्लो तामाकोशीको बाँकी सुरुङ मार्ग बनाउन आगामी आर्थिक वर्षमा बजेट छुट्याउन माग गरिएको थियो ।

वि.सं.२०७६ जेठ ६ सोमवार १३:४९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...