back
CTIZAN AD

कविता : छोरीका केही थान ज्यानमारा प्रश्न !

वि.सं.२०७६ जेठ ६ सोमवार

966 

shares

 

मैले नपत्याएकी छोरीले
कल्पनै नगरेका प्रश्न सोधिन् केही थान
प्रश्न सोधिन् पनि के भन्नु र खै
पाँच किलोको घनले टाउँकैमा हानिन्
छोरीका प्रश्नहरूको आक्रमणबाट
यसरी थला परें कि म
अझै टाउको सोझिएको छैन !

बाबा ! बाबा !
पित्तल किन नक्कली हुँदैन ?
किन सुन मात्रै नक्कली हुन्छ ?
पहिलो प्रश्न यस्तो थियो !

अनि नि बाबा !
राप्रपा किन नक्कली हुँदैन ?
काङ्ग्रेस किन सँधै सक्कली हुन्छ ?
किन कम्युनिष्ट मात्रै नक्कली हुन्छन् ?
छोरीको यो दोश्रो प्रश्न थियो !

बाबा तपाई किन बोल्नु हुन्न ?
भन्नोस् न बाबा
फेल हुन किन पढ्नु पर्दैन ?
पास हुन मात्रै पढ्नु पर्ने किन ?
के नक्कली कम्युनिष्ट भनेको
फेल भएको विद्यार्थीजस्तै हो बाबा ?
छोरीको यो तेश्रो तथा अन्तिम घन थियो !

मेरो टाउको फन्फनी घुमिरह्यो
सवैभन्दा बढी
एउटै प्रश्नले गिदी हल्लायो
’किन कम्युनिष्ट मात्रै नक्कली हुन्छन् ?’
त्यो यही प्रश्न थियो !

छोरीले सोधिरहिन्
मैले मात्रै सुनिरहें
अहँ केही बोलिन
मात्र एति भनें –
तिम्रा प्रश्नको उत्तर भोलि दिन्छु !

फिटिक्कै निद्रा परेको छैन
उज्यालो हुनै लागिसक्यो
उत्तर तयार भएकै छैन
गृहकार्य नगरेको विद्यार्थीजस्तै
सायद भोलि विहान मैले
कान समातेर उठ बस गर्नु पर्ने छ !

दिमागमा त्यही कुरा घुमिरहेछ-
’किन काङ्ग्रेस नक्कली हुदैन ?
किन राप्रपा नक्कली हुदैन ?
र किन कम्युनिष्ट मात्रै नक्कली हुन्छन बाबा ?’

सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७६ जेठ ६ सोमवार १३:५९ मा प्रकाशित

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

कविता : मसँग मेरो मन

कविता : मसँग मेरो मन

शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ म अनि मेरो मन एक्लै...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...

कविता : हो देह यो मन्दिर

कविता : हो देह यो मन्दिर

अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत आँधीको मन...