
युएईको बरदुबईमा नेपाली युवाहरुले ट्राभल सन्चालनमा ल्याएका छन् । नेपालीहरुका लागि भेटघाटमो मुख्य थलो मानिने बरदुवईमा शुक्रबार कोशेली ट्राभल एण्ड टुरिजमको उद्घाटन गरिएको हो । सात वर्षीया बालिकाको हातबाट उक्त ट्राभल्सको उद्घाटन गरिएको हो ।
युएईमा रहेका नेपाली सामाजिक संघसस्थाका वरिष्ठ व्यक्तित्व, ब्यावसायीहरु तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रममा नेपाल एयर लाइन्स, डानटा, फ्लाइ दुबई, एयर अरेबिया लगायतका एयरलाईन्सका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ट्राभलले हवाई टिकट, भिजिट भिसा आन्तरिक तथा बाह्य टुरिजम लगायत सेवाहरुमा विशेष छुट सहितको प्रमोसन अफरको ब्यवस्था समेत गरेको जनाएको छ ।
बरदुबई बसपार्क एरियाको अल रफा पुलिस स्टेसन अगाडिको भवनमा रहेको यस ट्राभलले नेपाल र नेपालीहरूलाई पहिलो प्राथमिकतामा राखेर सस्तोमा हवाई टिकट, भिजिट भिसा, होटेल बुकिङ, र फस्टाउँदै आएको आन्तरिक पर्यटन जस्तै : धौ क्रुज, डेजर्ट सफारी, बुर्ज खलिफा दुबई सिटी टुरका अतिरिक्त विदेशीहरुलाई नेपाल भ्रमण प्याकेज र नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्ष्यमा युएईमा स्थापित कोसेली ट्राभलले युएईबाट नेपालका लागि आकर्षक भ्रमण प्याकेज सार्वजनिक गर्ने र नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र पर्यटन भित्राउन आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने ट्राभल संचालकले जानकारी दिएका छन् ।
वि.सं.२०७६ जेठ ६ सोमवार १३:४८ मा प्रकाशित


























