back
CTIZAN AD

नेपाली युवा व्यवसायीले खोले युएईमा ट्राभल

वि.सं.२०७६ जेठ ६ सोमवार

930 

shares

युएईको बरदुबईमा नेपाली युवाहरुले ट्राभल सन्चालनमा ल्याएका छन् ।  नेपालीहरुका लागि भेटघाटमो मुख्य थलो मानिने बरदुवईमा शुक्रबार कोशेली ट्राभल एण्ड टुरिजमको उद्घाटन गरिएको हो । सात वर्षीया  बालिकाको हातबाट उक्त ट्राभल्सको उद्घाटन गरिएको हो ।

युएईमा रहेका नेपाली सामाजिक संघसस्थाका वरिष्ठ व्यक्तित्व, ब्यावसायीहरु तथा सर्वसाधारण नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रममा नेपाल एयर लाइन्स, डानटा, फ्लाइ दुबई, एयर अरेबिया लगायतका एयरलाईन्सका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ट्राभलले हवाई टिकट, भिजिट भिसा आन्तरिक तथा बाह्य टुरिजम लगायत सेवाहरुमा विशेष छुट सहितको प्रमोसन अफरको ब्यवस्था समेत गरेको जनाएको छ ।

बरदुबई बसपार्क एरियाको अल रफा पुलिस स्टेसन अगाडिको भवनमा रहेको यस ट्राभलले नेपाल र नेपालीहरूलाई पहिलो प्राथमिकतामा राखेर सस्तोमा हवाई टिकट, भिजिट भिसा, होटेल बुकिङ, र फस्टाउँदै आएको आन्तरिक पर्यटन जस्तै : धौ क्रुज, डेजर्ट सफारी, बुर्ज खलिफा दुबई सिटी टुरका अतिरिक्त विदेशीहरुलाई नेपाल भ्रमण प्याकेज र नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्ष्यमा युएईमा स्थापित कोसेली ट्राभलले युएईबाट नेपालका लागि आकर्षक भ्रमण प्याकेज सार्वजनिक गर्ने र नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र पर्यटन भित्राउन आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने ट्राभल संचालकले जानकारी दिएका छन् ।

वि.सं.२०७६ जेठ ६ सोमवार १३:४८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...