७ जेठ, कुन्दुज । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको प्रान्तीय सरकारले जनाएको छ ।
प्रान्तीय सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको जानकारी दिए । उनले १२ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु एक दर्जनभन्दा बढी लडाकू घाइते भएको पनि बताए ।
उक्त सैनिक कारबाहीमा सरकारी सेनातर्फ कुनै क्षति भएको छैन ।
कुन्दुज प्रान्तमा निकै सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन ।
वि.सं.२०७६ जेठ ७ मंगलवार १४:३६ मा प्रकाशित