back
CTIZAN AD

उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न विस्थापित परिवारको माग

वि.सं.२०७६ जेठ ८ बुधवार

783 

shares

८ जेठ, गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन ।

डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो क्षेत्र वरपर उपयुक्त जग्गाको पहिचान गरी प्रभावितलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका हुन । आयोजनाले केही दिनअघि मात्र घाटबेसीका पूर्ण विस्थापित परिवारको पुनःस्थापनका लागि सोही वडाको कोटाले चौर क्षेत्रको जग्गा रोक्का गरेको जानकारी आएको भन्दै उक्त क्षेत्र पुनर्वासका लागि उपयुक्त नभएको प्रभावितले बताएका छन ।

वडाध्यक्ष वासु थापाले भने, “भौगोलिक हिसाबले पनि कोटाले चौर उपयुक्त छैन, आयोजनाले प्रभावित क्षेत्रका जनतासँग छलफल गरेर त्यसको टुङ्गो लगाउनु आवश्यक छ ।” उनले डुबान क्षेत्रका जनतालाई पायक पर्ने स्थानमा पुनर्वास गर्दा प्रभावितलाई समेत सजिलो हुने भएकाले सो क्षेत्र नजिकै कतै विकल्प खोज्नुपर्नेमा जोड दिए ।

आफूहरुका लागि साविकको बोर्लाङ–७ महादेवटारमा पर्ने टाँडबिसौना र टाउकेस्वाँरा क्षेत्र नै पुनःस्थापनाका लागि उपयुक्त हुने स्थानीय बलराम ढकालले बताए । “कम्तीमा विद्यालय, खानेपानी, सडक र स्वास्थ्य संस्थाको पहुँच भएको क्षेत्रमा पुनःस्थापना गर्नु उचित हुन्छ”, उनले भने, “आयोजनाले प्रभावित क्षेत्रका जनताको मर्म र भावनालाई पनि बुझ्न सक्नुपर्छ ।”

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले गोरखातर्फका केही ठाउँको मात्र जग्गा रोक्का गर्नुुलाई आयोजनाको पक्षपाती निर्णय भएको बताए । उनले पुनर्वासका लागि गोरखा र धादिङ गरी ४४ स्थानको जग्गा पहिचान गरेको भए पनि एकतर्फी रुपमा प्रभावितसँग छलफल नै नगरी नौ ठाउँको जग्गामात्र रोक्का गर्नु सकारात्मक काम नभएको जानकारी दिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १३:०३ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...