Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

ब्रिसबेनमा नेपाल फेस्टिभल



nepalfaप्रत्येक दुइ बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल अन्तर्गत यस पटकको नेपाल फेस्टिभलको पहिलो शृंखला १२ नोभेम्बरका दिन ब्रिस्बनबाट सुरु भइ हजारौको उपस्थित बिच सफलताका साथ सम्पन्न भएको छ ।
फेस्टिभललाई प्रचार प्रसार गर्ने र नेपाली पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले फेस्टिभलको एकदिन अगावै परेडबाट सुरु भएर फेस्टिभलको दिन बिहान नेपालको पर्यटन सम्बन्धि कार्यशाला पश्चात नेपाल फेस्टिभल ब्रिस्बनको औपचारिक कार्यक्रम सुरु भएको थियो ।
प्रमुख अथिति हनरेबल संसद ग्रेस ग्रेस (प्रतिनिधि Minister Of Employment and Industrial Relations and Multicultural Affairs ) र एनआरएनएका कन्द्रीय अध्यक्ष शेष घलेले पानशमा बत्ति बालेर संयुक्त रुपमा उद्घघाटन गर्नु भएको उक्त कार्यक्रममा नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान संगै उपस्थित सबैलाई एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम नेपाल फेस्टिभल ब्रिस्बनका संयोजक अभिमान सिंह बस्नेतले स्वागत अभिनन्दन गर्नु भएको थियो । स्वागत मन्तब्यमा बस्नेतले नेपाल सबै दृष्टिकोणले पर्यटकको लागि एकदमै सुरक्षित स्थल भई सककोले सबै बिदेशी साथी भाईहरुलाई नेपाल घुम्न जान आग्रह गर्नु भयो ।
उद्घघाटन सत्रमा उपस्थितहरुलाई स्वागत गर्ने सिल(सिला अन्तर्गत नै नेपाली कला संस्कृति झल्कने लाखे नाच, झांक्री नाच बिभिन्न भेष भुषा झल्कने झाँकी र परेडहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सुरु मै प्रमुख अथिति सांसद ग्रेसले ब्रिसबेनमा सम्पन्न हुदै गरेको यस तेश्रो नेपाल मोहोत्सबले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालीहरुको सुखद उपस्थितिको संदेश दिदै आएको बताउनु भयो । कला र संस्कृतिमा धनि नेपालीहरु लाई नजिकबाट चिन्न र जान्न यो फेस्टिभल निक्कै फलदायी भएको उँहाले बताउनु भयो ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका कन्द्रिय अध्यक्ष शेष घलेले उदाहरणीय यस फेस्टिभलको आयोजना गर्ने बिबिध किसिमबाट सहयोग गर्ने सबैलाई धन्यबाद दिदै एनआरएनए अस्ट्रेलिया र कुइन्स्लनड स्टेट कमिटिले नेपाली दुताबास र नेपाली समुदायका संघ(संस्थाहरु सँगको सहकार्यमा यति भब्य र ब्यबस्थित कार्यक्रम गर्न सफल भएकोमा बधाई दिनु भएको थियो । अस्ट्रेलियाको बहुसंकृतिक समुदायमा प्रत्यके २ बर्षमा आयोजना हुदै आएको यस फेस्टिभल आफैमा बहुसांस्कृतिक अस्ट्रेलियाको लागि समेत गर्ब गर्न लाएक बिषय भएका कारण यस्ता खालका महोत्सबहरुमा नेपालबाट नेपाल सरकार, पर्यटन बोर्ड र यहाँको राज्य सरकार, बहुसांस्कृतिक क्षेत्र हेर्ने निकायले सहयोग गर्न सके कार्यक्रम अझ सफल हुने
र आयोजकलाई सहज हुने बताउनु भयो । उपस्थिति बिदेशी पाहुनाहरु लाई घलेले फेस्टिभलमा रहेका नेपाली बिबिध खानाका परिकारहरुको स्वाद लिन र हाम्रो कला संस्कृति एकै थलोमा हेर्न पाइने यो अवसरको पुरा सदुपयोग गर्न अनुरोध गर्नु भयो ।
नेपाली दुताबासको तर्फबाट डिल्ली राम शर्माले एनआरएनए सँग सम्भब हुने सबै क्षेत्रमा नेपाली दुताबास सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा अस्ट्रेलियाकी सबै भन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने अलयस्सा अजरलाई सम्मान गरिएको थियो । त्यसै गरि कार्यक्रममा नेपलिज एसोसिएसन अफ क्वीन्स्ल्यान्डका अध्यक्ष गोबिन्द बराल, ब्रिसबेन सिटि काउन्सिलको मेयर भिक्की होवार्ड, इप्स्विच सिटि काउन्सिलको मेयर पउल पिसासाले, क्वीन्स्ल्यान्ड मल्टिकल्चरको सदस्य गिटीइ हाउस लगायतका अथिति बक्ताहरुले कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो ।
एनआरएनए दोश्रो पुस्ताकी सदस्य कृति आलेले संचालन गरेको औपचारिक कार्यक्रमको अन्त्यमा एनआरएनएका अधक्ष्य सुरेन्द्र सिग्देलले कार्यक्रम सफल पार्न दिन रात खट्ने कुनिस्लैण्ड स्टेट कमिटिका सबै साथीहरुको प्रसंशा गर्दै, कार्यक्रममा सहयोग गर्ने सबै ब्यापारी साथीहरु र समुदायका सबै सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो । साथै कार्यक्रममा उपस्थित भइ कार्यक्रमको महत्व पूर्ण हिस्सा बन्नु भएका सबै सहभागी रुलाई समेत सिग्देलले बिशेष धन्यवाद दिनु भया े।
कार्यक्रममा एनआरएनएनकी केन्द्रिय संरक्षक इन्द्रा बन, केन्द्रिय प्रबक्ता रन्जु थापा, युबा संयोजक बिजय पोखेरल, ओसियना संयोजक महेन्द्र लम्साल, आइसिसि सदस्यहरु केशब सापकोटा, इश्वर कुइकेल, एनआरएनए अस्ट्रेलियाका सबै राज्यका संयोजकहरु लगयत एनआरएनएका सबै अफिस बियरर र सदस्यहरुको उपस्थिति थियो।
औपचारिक कार्यक्रमको सम्पति पछि कार्यक्रम स्थललाई संगितमय बनाउदै नेपालबाट आएको कन्दरा ब्याण्ड, गायिका अन्जु पन्त, गायक सुगम पोख्रेल लगायत स्थानीय कलाकारहरुले साँझ अबेरसम्म गीत संगीत र नृत्यले मनोरंजन दिएका थिए ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन