back
CTIZAN AD

सिपिएलमा सन्दीप ७० हजार डलरमा अनुबन्ध

वि.सं.२०७६ जेठ ९ बिहीवार

723 

shares

९ जेठ ।क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० को ड्राफ्टमा ४ नेपाली क्रिकेट खेलाडी सहभागी भए पनि नेपाली युवा स्टार सन्दिप लामिछानेमात्र छनौटमा परेका छन् । बार्बाडोस ट्रीडेन्ट्सले युवा स्टार नेपाली खेलाडी लामिछानेलाई क्यारेबियन प्रिमियर लिग(सिपीएल) बार्बाडोस ट्राइडेन्टसले पाँचौँ राउण्डमा अनुबन्ध गरेको हो । ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेकोमा जम्मा १०२ खेलाडी मात्र अनुबन्धमा पर्न सफल भएका थिए । ड्राफ्टमा सन्दिपसँग नेपाली खेलाडी सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरीपनि सहभागी भएका थिए ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार दोस्रो पटक क्यारेबियन प्रिमियर लिग सीपीएलको लागि छनोट भएका हुन् । उनले गतवर्ष सेन्ट किट्सबाट सीपीएल खेलका थिए । गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले १३ औँ चरणमा लिएको थियो । उनले कम्तीमा ७० हजार डलर पाउने छन् ।

बाबौडोसले पहिलो चरणमा इंग्ल्याण्डका एलेक्स हल्स, दोस्रो चरणमा वेष्ट इन्डिजका ज्यासन होल्डर, तेस्रो चरणमा पाकिस्तानका आसिफ अली र चौथो चरणमा पाकिस्तानकै वाहव रियाजलाई लिएको छ । यस संस्करणको सीपीएल आगामी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।

वि.सं.२०७६ जेठ ९ बिहीवार ०९:५५ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...