back

पर्वतका जगन्नाथ बने वेलायतका मेयर

वि.सं.२०७६ जेठ ९ बिहीवार

441 

shares
GLOBAL IME AD
NTC AD

९ जेठ, काठमाण्डौं । पर्वतका जगन्नाथ शर्मा बेलायतका मेयर बनेका छन् ।
शर्मा न्यूर्योकशायरको कोलबर्न टाउन काउन्सिलमा कन्जरभेटिभ पार्टीबाट Collburn council catterick Garrison north Yorkshire  तेस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

मे २० मा भएको टाउन काउन्सिलको निर्वाचनमा डा. शर्मा विजयी भएका हुन् । शर्मा तेस्रो कार्यकालका लागि काउन्सिलर बनेका थिए । सन् २०१३ यता निरन्तर रुपमा काउन्सिलर पदमा निर्वाचित हुँदै आएका शर्मा १ वर्ष डेपुटी मेयरको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्तित्व हुन् । शर्मा सन् २००७ मा नर्थ योर्कशायरकै स्कटनमा स्वतन्त्र उम्मेदवारका रुपमा काउन्सिलर निर्वाचित भएका थिए ।

सन् २००१ मा बेलायत पुगेका शर्मा बेलायती सेनाको मेडिकल एण्ड रिहाविलीटेशन डिर्पाटमेन्ट हेड भएर काम गरेका छन् । डा. शर्माले स्र्पोटर्स मेडिसिनमा विद्यावारिधी समेत गरेका छन् । शर्मा परिवारका साथमा बेलायतमा बस्दै आएका छन् ।

वि.सं.२०७६ जेठ ९ बिहीवार ०९:१३ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...