
९ जेठ, काठमाण्डौं । बैदेशिक रोजगारीमा ठगिएकाले उजुरी दिन कानुन व्यवसायी आवस्यक नपर्ने भएको छ ।
बैदेशिक रोजगार विभागले उजुरी लेख्ने फारम तयार गरी सरल ढंगले उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।
यो व्यवस्थाले बैदेशिक रोजगारीका लागि कानुन व्यवसायीको सहायता लिनु पर्ने र उनीहरुलाई शुल्क तिर्नुपर्ने झन्झट रहने छैन ।
बैदेशिक रोजगार विभागले करिब तीन सातादेखि सर्वसाधारणले सजिलैसँग उजुरी लेख्न सक्ने गरी ढाँचाको आधारमा कामदारले सजिलै उजुरी लेख्न सक्छन् ।
बैदेशिक रोजगारका महानिर्देशक भीष्म कुमार भुसालले पीडितलाई राहत दिन उजुरी प्रक्रियामा सजिलो बनाइएको बताए । विहिबारको अन्न्पूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ ९ बिहीवार ०८:३९ मा प्रकाशित




























