back

निर्मला हत्याकाण्डको १० महिना : आमाले बुझिन् क्षतिपूर्ति

वि.सं.२०७६ जेठ ९ बिहीवार

333 

shares
GLOBAL IME AD
NTC AD

९ जेठ, काठमाण्डौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छन् । उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छन् ।

तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेश सरकारले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडानमा उनको परिवारले राख्ै आएको थियो ।

निर्मलाका बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले दुर्गादेवीलई राहत नलिन दबाब दिएको सार्वजनिक भएको थियो ।

तर, पछिल्लो समय दुर्गादेवीले राहत लिने निर्णय गरेकी थिइन् । उनले संघीय सरकारले घोषणा गरेको १० लाख फागुनमा, स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख बैशाख महिनामा र सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको पाँचलाख जेठ पहिलो साता बुझेकी छन् । तीनै सरकारबाट प्राप्त रकम दुर्गादेवीको खातामा जम्मा गरिएको छ ।

‘मैले तीनै सकारले घोषणा गरेको रकम बुझिसकेकी छु,’ दुर्गादेविले भनिन्, ‘त्यो रकम बाँकी दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु । केही रकम निर्मलाको सम्झनामा खर्च गर्ने समेत उनले बताइन् । विहिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ ९ बिहीवार ०८:२८ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...