back
CTIZAN AD

ओमानमा एक नेपाली महिलाको हत्या, अर्की झुण्डिएको अवस्थामा फेला परिन्

वि.सं.२०७६ जेठ १२ आइतवार

672 

shares

युएई । ओमानमा एक नेपाली महिलाको हत्या भएको छ । अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो ।

ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु प्रहार गरेर हत्या गरिएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । चक्कु हानेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । अप्सराको शव अहिले सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ ।

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । अप्सराको हत्या भएको ठाउँ सलाह ओमानको राजधानी मस्कटबाट एक हजार किलोमिटर भन्दा धेरै दुरीमा पर्छ ।

घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

यस्तै बर्दियाकी सुनिता सार्कीको भने शंकास्पद मृत्यु भएको छ । उनी झुण्डिएको अवस्थामा फेला परेकी ुहन् । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उनकी दिदीले जानकारी दिएकी हुन् ।

सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ ।

सुनिताको कोठामा बंगाली महिलाको परिचयपत्र फेला परेकाले सुरुमा बंगाली नै भएको भन्दै स्थानीय निकायले बंगादेशको दूतावासमा खबर गरेको थियो । तर पछि सुनिता नेपाली भएको खुलेपछि खबर गर्दा ढिलो खबर पाएको दूतावासले जनाएको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १५:१६ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...