back
CTIZAN AD

पाकिस्तानी खेलाडीलाई श्रीमती साथमा राख्ने अनुमति

वि.सं.२०७६ जेठ १२ आइतवार

660 

shares

१२ जेठ । इङग्ल्याण्डमा हुने क्रिकेट वल्ड कप २०१९(ICC World Cup) नजिकँदै छ । वल्डकप नजिकिएसँगै सहभागी देशका खेलाडीहरु उत्साहित छन् । सम्बन्धीत देशको नियामक निकाय आफ्ना खेलाडीहरुलाई उत्साहित बनाउन तल्लिन छन् । यसैक्रममा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वल्ड कपमा सहभागी आफ्ना खेलाडीहरुका खुशी बनाउने प्रयास गरेको छ ।

पीसीबीले वल्डकपका बेला पाकिस्तानी क्रिकेट खेलाडीहरु श्रीमती साथ राख्ने अनुमति दिएको छ । आफ्ना खेलाडीहरुको अनुरोधका आधारमा पीसीबीले उक्त अनुमति दिएको हो ।

पिसिबीले इङग्ल्याण्डको विरुद्ध खेलिएको पाँचौँ म्याचको श्रृंखलाका दौरान खेलाडिलाई साथ रहने अनुमति दिइसकेको थियो । तर एकमहिना पछि नै खेलाडी सरफराजले उक्त अनुमति माग्दा इन्कार गरिएको थियो । निराश बनेका खेलाडीले व्यवस्थापन पक्षसँग पुनः अनुमति मागेपछि पीसीबीले यो अनुमति दिन बाध्य भएको हो ।

पीसीबीले खेलाडीहरुसँग शर्त राखेको छ । त्यो शर्त भनेको पाकिस्तानी खेलाडीहरुले जुन १६ मा भारतसँगको प्रतिस्पर्धा पछि मात्र आफ्नो परिवारलाई साथमा राख्न पाउने छन् । पीसीबीको यो निर्णयबाट पाकिस्तानी त्यक्ति खुशी छैनन् । उनीहरु आफ्नी श्रीमती र छोराछोरीलाई १२ जुनको अष्ट्रेलिया विरुद्धको प्रतिस्पर्धापछि नै साथ रहने अनुमति चाहन्थे।

यद्यपी पिसिबीको यो अनुमति आउनु अघि नै अशर अली र हैरिस सोहेल दुई पाकिस्तानी क्रिकेट खेलाडीहरूलाई टूर्नामेंटको सुरुवातबाटै उनीहरूहरुलाई परिवारसँग बस्न अनुमति दिइएको छ । अलीले हालै आफ्नो १८ महिनाका छोरी गुमाएका थिए भने सोहेललाई व्यक्तिगत कारणले अनुमति दिइएको बताइएको छ ।

क्रिकेट वल्ड कप २०१९ यहि मे ३० मा सुरु भएर फाइनल प्रतियोगिता १४ जुलाइमा हुँदैछ । इंग्लैंड तथावेल्स द्वारा आयोजना गरिएको क्रिकेट वल्ड कप २०१९ राउण्ड रोबिनका आधारमा आधारमा खेलिँदैछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् ।

वि.सं.२०७६ जेठ १२ आइतवार १५:२६ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...