back
CTIZAN AD

सगरमाथामा भीड, फाइदा विदेशी पूँजीपतिलाइ

वि.सं.२०७६ जेठ १२ आइतवार

786 

shares

सगरमाथामा भीड वढेको, ट्राफिक जाम भएको समाचार नौलो होइन । यसपाली पनि सगरमाथामा भीडभाड भयो । चड्न र ओर्लन लाइन लागेको फोटो संसारका धेरै मिडियाले प्रकाशन गरे । तर सगरमाथामा भीड वढेपनि वढी फाइदा विदेशी पूँजीपतिलाई हुने गरेको तर्फ भने कमै चर्चा भएको छ ।

सरकारले यसतर्फ गम्भीर कदम चालेर सगरमाथा नेपालमा रहनुको फाइदा नेपाल र नेपालीलाई दिलाउन सक्नु पर्दछ । यो सम्भवपनि छ ।

सगरमाथा कुनै पिकनिक स्थल होइन । यहाँ जस्तोसुकैलाईपनि चढ्ने अनुमती दिइनु हुन्न । सगरमाथा शिखरमा चढ्ने विषय वर्षै भरी चलिरहने विषय पनि होइन । यो खास समयमा मात्र सम्भव हुन्छ । त्यसैले सगरमाथा चढ्ने विषय सस्तो व्यापार गर्ने विषय वनाइनु हुन्न । तर नेपाल सरकार र नेपाली व्यवसायीहरुले यसलाइृ सस्तो व्यापार गर्ने पिकनिक स्थल वा जात्रास्थल जस्तो वनाइनु हुन्न ।

photo-Agency

सगरमाथा चढ्न चीन र नेपाल दुबै तिरवाट पाइन्छ । सगरमाथा नेपालमा भएपनि नेपाल र चीनका विच भएको सहमति अनुसार चीनवाट चढ्ने वेलामा नेपाल सरकारको अनुमति लिन पर्दैन । चीन सरकारको अनुमति लिए पुग्छ । तसर्थ नेपाल सरकारले सगरमाथा चढ्न महंगो गरेमा अथवा सिजनमा उपयुक्त कोटा निर्धारण गरेमा चीन तर्फवाट सगरमाथा चढ्न जान्छन् भन्ने तर्क पनि छ । त्यसैले यहाँको सरकारी शुल्क महंगो गर्न हुँदैन भन्ने तर्क छ । तर चीनले पनि भीडभाड हुने गरी चढ्ने अनुमति दिन कुनै हालतमा सक्दैन । त्यसको निश्चित सीमा हुन्छ नै । त्यसैले सकिन्छ भने चीन सरकार संगपनि सहमति गरेर सगरमाथा चढ्ने कोटा ठिक्कको मात्र राखेर शुल्क अहिलेको भन्दा वढाउनु पर्दछ । यसवाट नेपाल सरकारलाई प्रत्यक्ष आय वढ्ने हुन्छ ।

अहिले सगरमाथा चढ्न सजिलो समय अर्थात वसन्त ऋतुको वेला नेपाल सरकारलाई विदेशीले ११ हजार अमेरिकी डलर तिर्नु पर्दछ । तर यो रकम अति कम हो । सगरमाथा चढ्न विदेशी पूँजीपतिहरुले प्रायोजन गर्ने हुन्छ र आफ्नो सामानको प्रचारकालागि यो अभियानलाई प्रयोग गर्ने चलन वढेको छ । त्यसैले ११ हजार डलर भनेको केहीपनि होइन । तसर्थ यसलाई कम्तिमा दोव्वर वनाइनु पर्दछ । दोव्वर गर्दा एकातिर सगरमाथामा भीडभाड प्रदूषण दुर्घटना आदि कम हुन्छ भने अर्को्तिर नेपाललाई आय पनि वढ्ने हुन्छ ।

अर्को विषय भनेको नेपाली गाइड शेर्पाहरु र ट्रेकिंग कम्पनिले विदेशी गाइड र कम्पनी भन्दा कम रकममा ज्यान जोखीममा राखेर विदेशीलाइ सगरमाथा चढाउने गरेका छन् । विभिन्न वेवसाइडमा राखिएको जानकारीका अनृुसार विदेशी गाइड र ट्रेकिंग कम्पनीले दोब्बर भन्दा वढी रकम लिने गरेका छन् । यसलाई नेपाल सरकारले नियन्त्रण गर्नु पर्दछ ।

सकिन्छ भने विदेशी गाइड र कम्पनीमाथि प्रतिवन्ध लगाइनु पर्दछ । नभए कम्तिमा नेपाली शेर्पा र कम्पनीको शुल्क विदेशी सरह अर्थात अहिलेको भन्दा दोब्बर वनाइनु पर्दछ ।

सगरमाथा चढ्न जानेवाट मात्र फाइदा लिने होइन । सगरमाथा नजिकवाट हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या वृद्धि गरिनु पर्दछ । संख्या वृद्धि गर्न सुविधा र पूर्वाधार वृद्धि गरिनु पर्दछ । यसकालागि लुक्लाको वैकल्पिक विमानस्थल आवश्यक छ । लुक्लाले मात्र चाप थेग्न सकेको छैन । लुक्ला हुँदै नाम्चे वजार, थ्यांगवोचे, डिंगवोचे, लोबुचे, गोरक सेप र सगरमाथा वेस क्याम्प सम्मको केवल कारको सम्भाव्यता अध्ययन गरिनु पर्दछ ।

साथै लुक्ला, नाम्चे वजार र सम्भव भए त्यो भन्दा माथिपनि पाँच तारे होटलको सम्भाव्यता अध्ययन गरिनु पर्दछ । हामीले कल्पना गरौं कि सगरमाथा युरोप, अमेरिका, जापान आदि देशमा भएको भए कति कमाइ सक्थे होला ?

वि.सं.२०७६ जेठ १२ आइतवार १५:३० मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...