
सवारी दुर्घटनामा परेर स्पेनमा एक नेपालीको मृत्यु भएको छ । २ वर्षअघि मात्र युरोप पुगेका चिन्नेबास स्याङ्जाका २४ वर्षीय पुजन कोइरालाको स्पेनको बार्सिलोनामा सडक दुर्घटनामा परेर ज्यान गएको हो ।
गाभो अनलाइन कम्पनीमार्फत रेष्टुरेण्टमा काम गर्ने कोइरालालाई शनिबार राति सवा ११ बजे खाना पुर्याएर फर्कने क्रममा स्थानीय नगरपालिकाको फोहर उठाउने गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
दुई वर्षअघि विद्यार्थी भिसामा जर्मनी पुगेका उनी केही महिना अघिमात्र स्पेन गएका थिए ।
वि.सं.२०७६ जेठ १२ आइतवार १५:४५ मा प्रकाशित






























