back
CTIZAN AD

नगरपालिकाद्वारा गराइयो श्रमिक बालकलाई विद्यालय भर्ना

वि.सं.२०७६ जेठ १४ मंगलवार

885 

shares

१४ जेठ, डोटी । दिपालय सिलगढी नगरपालिकाले नगरक्षेत्रमा रहेका चार श्रमिक बालकलाई विद्यालय भर्ना गरेको छ । नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ती बालकलाई दिपायलस्थित राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको नगर प्रमुख मञ्जु मलासीले बताए । उनले भनिन्, “हामीले नगरपालिकालाई नै बालश्रममुक्त बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चार जना श्रमिक बालकलाई स्कुल भर्ना गरेका छौँ, बाँकी सबैलाई विस्तारै स्कुल भर्ना गर्ने छौँ ।”वडा नं ६ का विभिन्न घरमा घरेलु श्रमिकका रुपमा काम गरिरहेका बालकलाई सरकारी बजेटमा पढाउने गरी विद्यालय भर्ना गरिएको वडाअध्यक्ष सन्तोष बोहराले जानकारी दिए ।

बालकहरुलाई विद्यालय भर्ना गर्नका लागि आफूहरुले लामो समयदेखि प्रयास गरेको र अहिले आएर सफल भएको बोहराले बताए । बालश्रमिकमुक्त नगर बनाउने अभियान सफल पार्न नगरपालिकाले कडा कानून ल्याउने तयारी गरिरहेको नगर उपप्रमुख शिवराज खड्काले बताए ।

वि.सं.२०७६ जेठ १४ मंगलवार ११:१५ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...