back
CTIZAN AD

जेलमा भएको हिंसामा ४० जनाको मृत्यु

वि.सं.२०७६ जेठ १४ मंगलवार

762 

shares

१४ जेठ, काठमाण्डौं । उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४० जनाको ज्यान गएको छ ।

शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका थिए । तर केही समयपछि कुनै विस्तृत विवरण विना यस ंिहसामा परी ४० मारिएका अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् ।

ब्राजिलका कारागारहरूमा कोचाकोच हुने कारण नै कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गरेको बताइन्छ ।

जेलभित्र रहेको समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि पुनः यो घटना भएको बताइएको छ । एमाजोनास् राज्यको प्रान्तीय राजधानी मनाअसमा यो घटना भएको अधिकारीहरूले बताएका छन् ।

कारगारामा धेरै भीड भएको र अक्सिजनको अभावका कारण श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको अधिकारीहरुले बताएका छन् । कैदीका आफन्तहरूका अनुसार कारागारमा एकदम भद्रगोल अवस्थाको कारण नै हिंसा शुरु भएको सोही कारण ज्यान गएको छ ।

दुई वर्षअघि ब्राजिलको कारागारमा कैदीहरूबीच भएका झडपमा परी भएको ५६ मारिएका थिए । ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा पर्दछ ।

आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १८:१८ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...