back

कोइरालाको उपचार खर्च ५० लाख दिने निर्णय र कसले के भने सामाजिक संजाल फेसबुकमा ?

वि.सं.२०७३ कात्तिक २९ सोमवार

663 

shares
GLOBAL IME AD
NTC AD

sujatakoiralaउता रोल्पा थवाङकी सुन कुमारी श्रीमान धु्रव नेपालीको कुटाइबाट घाइते भएपछि उपचारका लागि आर्थिक तथा भौतिक सहयोग जुटाउँदा जुटाउँदै   भैरहवा स्थित  युनिभर्सल शिक्षण अस्पतालमा  उपचार गराउँदा गराउँदै संसार छोड्नि । तर, तिनै निमुखा जनताको लागि  भनेर राजनीति गर्नेहरु आफ्नै  स्वार्थमा रुमलिएका छन् । सत्ता र पावरलाई जनताको हितका लागि प्रयोग गर्नका लागि  शक्तिमा पुग्नु भन्दा  पनि  आफ्ना लागि  सत्ता र शक्तिको वरिपरी पुग्नुपर्छ भन्ने कुसंस्कारको तिब्र विकास भइरहेको छ देशमा । जसका कारण  नेताहरुका लागि राज्यको ढुकुटी सिध्याउने  गरी  उपचार, भ्रमण, सुविधा लगायतका शिर्षकमा  बजेट निकासा भइरहँदा जनता  जीवन जल र  सिटामोल नपाइरहेको अवस्था छ ।

   त्यसैगरी ब्रेस्ट क्यान्सको उपचारका लागि सिंगापुर पुगेकी    स्वर्गीय पूर्वप्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाकी छोरी तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपचारका लागि आइतबारको मन्त्रिपरिषद्को  बैठकले राज्यकोषबाट ५० लाख दिने निर्णय गरेको छ ।

नेपाली जनताको लागि दुर्भाग्य यो होकी  तिनै  महिला सुनकुमारी यसरी संसार छोडेको राज्य संचालकहरुलाई पत्तो भएन  । तर,  अर्की  महिला  नेतृ सुजाता कोइरालालाई  जो  मनग्य सम्पत्तिकी मालिक हुन् । उनले चाहेमा  ५० लाख दुर्गमका गर्भवती तथा सुत्केरी आमाहरुको नाममा कोष खडा गरेर  उनीहरुलाई अकालमा ज्यान गुमाउनु नपरोस भनेर नयाँ कामको थालनी गर्न सक्ने हैसियत राख्छिन् । राज्यले उनैको उपचारको लागि बजेट निकासा गरेर ती तमाम महिलाहरुको  भावना र पीडामाथि हाँसो उडाएको छ ।

राज्यको  यस्तो कदमको  सर्वत्र आलोचना भएको छ । सामाजिक संजाल फेसबुकमा  देशविदेशबाट,  बौद्धिक वर्ग, लेखक, व्यवसायी, पत्रकार मात्र नभएर सर्वसाधारणले  पनि आलोचना गरेका छन् ।

 क-कसले कस्तो प्रतिक्रिया दिएका छन त सरकारको यस्तो निर्णयका विरुद्ध  आउनुहोस  पढौं ।

अनुराधा पौडेलफ्रान्स “सुजाता कोइराला जी । केहि दिन यता तपाइँको स्तन क्यान्सरको कुरो पढेकी छु । रोग लागेकोमा दुखी छु र उपचार भएमा निकै खुसी हुनेछु । अनि तपाँइले नचाहाँदा नचाहँदै शेर बहादुर दाइ र नीधि दाइले तपाइँको उपचार खर्च प्रचन्ड सरकारबाट झार्दै छन् भन्ने सुनेकी थिएँ र आज ५० लाख दिने भए भन्ने थाह पाएँ । तपाँइले चाहिन्न भन्दा भन्दै तपाँइलाई किन पैसा दिए शेर दाइ र नीधि दाइले थाह हुन सकेन । तर तपाँइमा केहि इमान्दारिता बाँकी छ भने म त्यो पैसा सरकारलाई नै फिर्ता दिनुहुन बिनम्र अनुरोध गर्छु । अरु साधारण नागरिक झैँ म पनि तपाइँ सँग अथाह सम्मती छ भन्ने कुरामा बिश्वास गर्छु । फेरी तपाँइ धमिजा कान्ड,बगाँलीलाई नेपाली पासपोर्ट बेचेको कान्ड, बँगाली ज्वाइँले नेपालको टेलिफोन लिँक चोरेको कान्ड, बँगाली ज्वाँइलाई पारस शाहले धुस्न पारेको कान्ड, स्रोत नखुलेको मण्डिखाटार दरबार निर्माण,गिरीजा प्रसाद कोइराला फाउन्डेशनबाट भूइँचालो पिडितलाई सानो गाउँ निर्माण गरिदिने बचन तर एक पैसापनि नझारेर तिनिहरुलाई ब्यँग्य गरेको कान्ड, जेल जानुपर्ने रिषी धमला चोखाएको कान्ड बाट बदनाम हुनुहुन्छ र यो अन्तिम उपचार खर्च कान्डले अब सबै बदनामीहरुलाई पनि माथ गर्दैछ । तपाइँले देशलाई केहि दिएको देखेकि छैन खाली लिनुबाहेक । यति पैसा छाडिदिनुस या लिनुभएछ भनेपनि कुनै एक क्यान्सर सेन्टरलाई दिनुहोस भन्ने मेरो चाहना छ ।”

हिमाल श्रेष्ठ  होटल व्यवसायी – यहाँ सुजाता को उपचार मा यति उति भन्दा पनि पहिले देखिनै जब बहुदल आयो त्यति बेला देखीनै हुनेखाने , पहुँच वाला , भस्टचारी , पार्टी का धुपौरे , नेताका चम्चे लाई दिनी गरेर सिस्टमै बिगारी सके । अब त्यसमा सुजाता थपिईन । यि डाका ले जनताले तिरेको कर मा रज़ाई गर्ने हो । यहात बुढि मरि भन्दा पनि काल पल्कीनी भन्ने पो पिरलो छ । यहाँ त यस्ता कति सुजाता थपिन्छन । त्यहि भारत मा नेता ले उपचार को नाम मा एक पैसा लिदैनन । यहाँ त सुजाता ले यदि सरकार ले दिय पनि नलिएको भए सुजाता को हाईट बढ्थ्यो , किनभने सुजाता आफै उपचार गर्न सक्षम छिन ।

दिल निसानी मगर– लेखक तथा पत्रकार- जनताले मृगौलाको उपचार गर्न नसकेर अस्पतालको झ्यालबाट हाम्फाल्न हुन्छ भने सुजता मेडमले आफ्नो स्तन आँसिले काटेर फाल्दा के हुन्छ ?

लेनिन बञ्जाडे पत्रकार –अन्तत: सरकारले अतिविपन्न सुजाता कोइरालालाई ५० लाख दिने भएछ ! मा. Gagan Thapa र प्रचण्डज्यूहरू चाँडो निको होऊन् ! हामी कहिल्यै बिर्सन्नौं !

सोम थनेत थारु, बेल्जियम – सुजाता को लागि ५० लाख !
अनि उता जनता ?
सिटामोल नपाएर छेरौटी लाएर मरेका छन ।
हाम्रो देशको हालत !

शैलेन्द्र घिमीरे– राजनीतिक कार्यकर्ता – मित्र गगन हाम्री गरिब भाउजु माथि तपाईंको लगानी धन्यहाेश #हामी नेपाली

मीना शर्मा–पत्रकार– हुनत सुजता दिदीमा इमान्दारीता हुने हो भने पैसाको लागि कसैसँग अनुनयविनय गर्नु पर्ने होइन । तैपनि उहाँको उपचारका लागि सरकारले रु.५० लाख सम्म दिने निर्णय गरेको छ । तराइका कतिपय जिल्लाहरुमा जनता झाडापखाला लाग्दा सरकारले निःशुल्क भनेको जीवनजल समेत खान नपाएर मरिरहेका समाचारहरु आइरहेका छन् अर्को तर्फ आफ्नो उपचार गर्न आफै सक्षम भएको व्यक्तिलाई राज्यले उपचार खर्च दिने भनि गरेको निर्णय जनताको आँखाबाट न्यायोचित होइन । सरकारले बरु उनीहरुले स्वदेशकै अस्पतालमा उपचार गराएको भए योगदानका आधारमा उपचार खर्च व्यहोर्ने निर्णय गर्नु उचित हुन्थ्यो !

देवेन्द्र कोइराला– लेखक÷ बुद्धिजीवि- अकूत आर्थिक हैसियत भएकी सुजाताको स्तन सेक्न हामी गरीवले ५० लाख दिनुपर्ने भएछ । यस अघि कुहेका अँग सेक्न, मृगौला मोथ्न, मुत्रनली काट्न, भिटामिन खान करोडौं रकम यो देशको काट्टो खाने निर्लज्जहरुको लाईनमा आज सुजाता पनि थपिईन् । अब जनताले एउटा भाकल गर्नुपर्ने भयो : नेपालका नेतानेतिलाई बाचुञ्जेल कुनै ठुलो रोग नलागोस्, लागिहालेमा उपचार गर्ने समय नै नहोस्

पदम राज रेग्मी– अध्यक्ष अमेरिका–नेपाल सहयोगी समाज  – पक्कै पनी सुजाता यस श्रीङ्खला को नया पात्र हुन तर पनी पार्टी भित्र सदैब बाडंखुडे कुरा गर्ने अनी गिरीजा पुत्री नै भएका कारण पटक पटक पदीय लाभ लिएकै हुन । राज्य ब्यबस्था अझै भनौ बिशेशत काडंगेस अझै गम्भीर हुनु पर्ने बेला नैतिक हिन काम गर्ने गराउने कसैलाई दीर्घकालीन फाईदा पक्कै हुने छैन यो फगत बि पी नामक राप अरापेर राष्ट दोहन बाहेक अरू केही हुन सक्दैन र सदैब घृणा कै पात्र हुन र हामी सबैले घृणा नै गर्नुपर्दछ ।

लक्ष्मण अघिकारी, लेखक\ साहित्यकार-भविष्यमा प्रधानमन्त्री बन्ने सपना देखेकि सुजता ्म्याडमलाई चाेर बाटाेबाट ५० लाख दिने निर्णय गरेर काँग्रेसका विपक्षीले इज्जतै लिन खाेजेछन हाै । म्याडमले म याे लिन्न, अरुलाई पनि लिन दिन्न भनेर सवलाई सरप्राइज दिने वेर छैन ।

प्रकाश ढकाल–पत्रकार,  डेनमार्क – राज्यले उपचार खर्च व्यहोर्नुपर्ने गरीबको लागि हो। तर यी सुजाता कोइराला धनी करोडपति हुँदाहुँदै पनि राज्यले पचास लाख दिने भएछ। खासमा यिनी नेपाली नागरिकता त्यागेकी जर्मन नागरिक हुन। तर पछि राजनीतिमा आएर कमाउने चाख जागेपछी विरासतको राजनिती गरिन। यिनको खुबीले र क्षमताले राजनीति गरेकी हैनन। खासमा राजनीति गर्न पनि अयोग्य हुन यी किनकी यिनी सिद्धान्तत जर्मन नागरिक हुन। तर यीनीलाइ छुट भयो। लाउड अनि धामिजा प्रकरणबाट करोडौं कमाएकी यीनको काठमाडौं अनि विराटनगरमा प्रशस्त जग्गा जमिन छ । करोडको गाडी चढ्ने यिनको नैतिकता भएको भए राज्यसंग पैसा लिने थिइनन। तर अलिअलि भएको साख अनि बचेखुचेको राजनीति यिनी आफैंले सकीन। आफैं राजनीति सक्काएकोमा यीनलाइ धन्यवाद ।

टेकनारायण भट्टराई,पत्रकार- कतै पढेको थिएँ- ब्याग, सेण्डल, चश्मा र घडीमा मात्रै सुजाताले ५० लाख मूल्य बोकेकी हुन्छिन्। सरकारले एकसरो मेकअप पनि नपुग्ने पैसा दिएछ!

पुरुषोत्तम ढकाल, संचारकर्मी क्यालिफोर्निया – अति भो गगन खती होला चर्को ..! जसको हजुरबा कृष्णप्रसाद कोइरालाले क्रान्तिको बिगुल फुकेर राणा बिरुद्ध लडे, राणा अन्त्य भयो रैती बाट नागरिक भयो नेपाली । जसको ठुलो बुबा बिपी कोइरालाले प्रजातन्त्र र समाजवाद सिकाए, इजरायललाई देशको मान्यता मात्र दिएनन् चीनलाई राष्ट्र संघ छिराए …दुनिया चिनाय नेपाल, प्रजातात्रिक समाजवाद । जसका बाउले जंगलका माओबादी लाई नेपाली मार्ने र नेपालको भौतिक संरचना समाप्त पार्ने भारतीय डिजाइन अन्त्य गरेर आजको लोकतन्त्र छोडे, तिमीले लोकतन्त्र भट्याउने र राजतन्त्र सकियो भन्ने दिन उनकै बाउले दिए । जसले निर्वासनमा बस्दा किशोरी हुँदै नेहरुको समर्थनमा उब्जिएको राजा महेन्द्र र पंचायत बिरुद्ध नेहरुको मंचमै धावा बोलिन तिनै नेतृको क्यान्सर रोगको उपचार खर्चमा यति उखरमाउलो । छ्या सडकमा सस्तो रमाउने भारतीय दलाल गगन थापाका ससुरो अर्जुननरसिंह केसीले सुत्केरी भत्ता हजम गर्दा कहाँ थियो गगन… भन्दा सस्तो नेपाली ।

Gopal khanal – Journalist –Why did Sujata ask for the money since she was able enough the bear the cost? Is she really in financial crisis?

जीवन केसी जापान- उपचार खर्च ब्यहोर्न नसक्नेलाई राज्यले उपचार खर्च दिनु जायज हो नै हो चाहे जो सुकै होस। तर निकै लामो समय राजकाज चलाएका कोइराला खान्दानको क्यान्सरको भार यो मुलुकले कती पुस्तासम्म थेगिरहन पर्ने हो? लाज लाग्नु पर्ने होईन र?

महावीर पुन सामाजिक अभियन्ता तथा म्यागासेसे पुरस्कार बिजेता – “सुजाता कोइरालालाई चाहिएको रु. १ करोड हो. उनलाई सरकारले जम्मा रु.५० लाख मात्र दियो. त्यति थोरै पैसाले उनले कसरी उपचार खर्च पुर्याउन सक्छिन र जिबीत रहन सक्छिन? फेरी त्यति थोरै पैसा लिएर उपचार गर्न बाध्यताबस उनी सिंगापुर गईछन। सिंगापुर जस्तो बिदेशी मुलुकमा उनी पक्कै पनि बिखर्ची हुने छिन। त्यसो भयो भने नेपाल कै बेईज्जत हुने छ। उनको अन्य आय श्रोतहरु केहि पनि नभएकोले र दु:ख बिमार परेको बेलामा औषधी उपचार र हेरचाह गर्ने कोहि पनि ईष्ट मित्र नभएकोले नेपाली जनताले सहयोग गर्नु पर्यो साथीहरु। हाललाई म राष्ट्रिय आविष्कार केन्द्रको महादान अभियानमा लागेको हुनाले पटक्कै फुर्सद छैन। उनलाई चाहिएको बाँकी रकम रु. ५० लाख जुटाउन र उनको जीबन बचाउन कसैले पहल गरि दिनु पर्यो। लौ त कसै ले केहि त गर्नु पर्यो नि।”

निर्भिक नारायण भुर्तेल. पत्रकार, युएई-सुजतालाई उपचारको लागि दिईएको ५० लाखले कांग्रेस बिमारी हुनेछ । ख्याल राख गगन दाई !!

रामकृष्ण भण्डारी–पत्रकार -रोल्पाकी एउटी नागरिक महिला उपचार नपाएर मर्नुपर्ने काठमाडौ बस्ने नेता र धनाड्य अर्की महिलालाई मागेकै भरमा पचास लाख तुरुन्तै । नागरिकले लोकतन्त्र ल्याएको कसकालागि ? गरिव जनता मारेर कसको हित गर्दैछ क्रान्तिकारी नेता प्रचण्डको सरकार ?

टिका भण्डारी  संगीतकार – बरिष्ठ गायिका तारा थापालाई २ बर्ष अघि स्तन क्यान्सर भयो, सरकारसंग सहयोग मागिन एक पैसा पाइनन तर कलाप्रेमी जनस्तरबाट ‘गेट वेल सुन तारा’ भन्दै थोपा थोपा संकलन गरि उनले रु. २५ लाख स्वास्थ्योपचार सहयोग प्राप्त गरिन, त्यसैले निको भईन,उपचारका लागि न उनि सिंगापुर गईन न अमेरिका ।
बरिष्ठ नेत्री सुजाता कोईरालालाई अहिले स्तन क्यान्सर भएको छ, उनले सरकारसंग रु १ करोड मागिन, उनले ५० लाख प्राप्त गरिन, कार्यविधि, नियमावली संस्थागतरुपमै तोड्दै । सामाजिक संजाल ताराको जस्तै ‘गेट वेल सुन सुजाता’ ले भरिनु पर्ने हो तर कतै छैन त्यस्तो । चरम बिरोधै विरोधले मात्र भरिएको छ सामाजिक संजालका सेता भित्ताहरु । जनता मात्र हैन सम्बन्धित मन्त्रालयका मन्त्रि समेत रुष्टछन् निर्णयबाट ।
नेता र कलाकारमा छुट्टिएन त फरक ?

सरोज क्षेत्री (खाडी लाहुरे)– स्तन क्यान्सरको उपचार त नेपालमा पनि हुदो रहेछ। दस लाख पर्ने भेनिटी ब्याग भिर्ने सुजाता कोइरालालाई उपचार खर्च नभएर सरकारले पचास लाख दिने भएछ। आफै बिरामी हुदा पनि खर्च गर्न नहुने सम्पत्तिको के काम?

 आजको चर्चित फेसबुक मत 

 

वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:५७ मा प्रकाशित

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त...

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका...

आजदेखि एसइई सुरु

आजदेखि एसइई सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।...

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...