१७ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट भएका साहित्यकार तथा कलाकारहरुको विवरण संकलन गर्दैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वयमा यसअघि तयार भई प्रकाशन भएको साहित्यकार तथा कलाकार परिचय कोशमा छुटेका स्रष्टाहरुको विवरण तयार गर्न लागेको जनाएको छ ।
विभिन्न क्षेत्रमा योगदान गर्ने स्रष्टाहरुको विवरण समावेश गरी अभिलेख राख्ने उद्देश्यले मन्त्रालयले छुटेका तथा परिमार्जन गर्नुपर्नेहरु स्रष्टाहरुलाई सूचनामार्फत आग्रह गरेको हो ।
त्यस्ता छुटेका तथा परिमार्जन गर्नुपर्नेहरुले यहि जेष्ठ मसान्तभित्र मन्त्रालय वा सूचनामा सूचनामा उल्लेख व्यक्तिलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । डिजिटल एवम् मुद्रितप्रति तयार गर्ने उद्देश्यका साथ परिमार्जन गरी साहित्यकार तथा कलाकार परियच कोश प्रकाशन गरिने सूचनामा जनाएको छ ।
परियच कोशमा देश तथा विदेशमा रहेका नेपाली स्रष्टाहरु पनि समावेश हुन पाउने बताइएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १०:५२ मा प्रकाशित




























