back
CTIZAN AD

छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण

वि.सं.२०७६ जेठ १७ शुक्रवार

1.7K 

shares

१७ जेठ, काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा स्थापित विसं २०७५ को ‘छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण गरिने भएको छ ।

गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेल(संयुक्त), गायनमा यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुत र शान्ति परियार बोल माया बोल र छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

गीत, सङ्गीत, विशेष सम्मानको नगद राशि रु ५० हजार र युवा नवप्रतिभाको राशि रु ४० हजार सम्मानपत्रसहित रहेको छ । गुठीका अध्यक्ष प्रा वासुदेव त्रिपाठीको अध्यक्षतामा बिहीबार बसेको पुरस्कार छनोट तथा साधारणसभाले ती पुरस्कार तथा सम्मान ती स्रष्टालाई अर्पण गर्ने निर्णय गरेको गुठीका कोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

ती पुरस्कार गुठीका संस्थापिका तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथिमा आगामी असार २७ गते वितरण गरिने छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार ११:०७ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...