
२१ जेठ । तपाईहाम्रो बुहउद्धेश्यीय सहकारी संस्थाले विभिन्न पदका लागि २३ कर्मचारी आवश्यकता रहेको सूचना जारी गरेको छ ।
आज पत्रपत्रिकामा सूचना प्रकाशित गर्दै सहकारीले योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ दिनभित्र दरखास्त दिन आग्रह गरेको छ ।
व्यवस्थापक १, सेवा केन्द्र प्रमुख २, म्यानेजर लघुवित्त १, बजुार अधिकृत १, लेखापाल २, क्यासियर ३, जनसम्पर्क सहायक २, बजार प्रतिनिधि ५, फिल्ड सहायक लघुवित्त ५ र म्यासेन्जर १ पदका लागि कर्मचारी माग गरिएको हो ।
आफनो बायोडाटा, पासपोर्ट साइजको फोटो र नागरिकताको फोटोकपीसहित चन्द्रागिरी १४ नयाँ नैकापमा रहेको संस्थाको प्रधान कार्यालयमा आवेदन दिन आग्रह गरिएको छ ।
वि.सं.२०७६ जेठ २१ मंगलवार १२:२२ मा प्रकाशित
























