back
CTIZAN AD

संविधान संशोधनका लागि निर्देशन होस्– राजपा

वि.सं.२०७६ जेठ २१ मंगलवार

1K 

shares

२१ जेठ, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ) का लागि माग गरेको छ ।

सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो ।

सभामुखबाट समय लिएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ होस् भने । उनले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १२५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहँदा तराई मधेशका जनता अचम्ममा परेको बताए ।

सांसदले भने , “संविधान संशोधनको विषय बारम्बार उठिरहेको छ, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हुँदै आएको छ । मधेशी समुदायका १२५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ, यतिका दिनसम्म किन संविधान संशोधन हुन सकेन ।”

“संविधान बनाउनेबाट नै संविधान उल्लङ्घन भइरहेको छ, लोकसेवा आयोगले संविधान र कानूनको उल्लङ्घन गरेर स्थानीय तहका लागि ठूलो सङ्ख्यामा पदपूर्तिको विज्ञापन गरेको छ, त्यसलाई सच्याइनुपर्छ, बजेटको प्रकृति हेर्दा पनि सङ्घीयता विपरीत ढङ्गबाट आएको छ”, उनले भने ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १२:३६ मा प्रकाशित

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...