back
CTIZAN AD

गोसाइँकुण्डमा आजदेखि गङ्गा दशहरा मेला शुरू

वि.सं.२०७६ जेठ २१ मंगलवार

1K 

shares

 

२१ जेठ, रसुवा । गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि शुरू भएको छ ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक तीर्थ गोसाइँकुण्डमा आजदेखि २९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेला भर्न भक्तजन फाटफुट रूपमा निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्नाले भगवान शिवको आशीर्वादबाट सबै भक्तजनको मनोकाङ्क्षा पूरा हुने र अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक मान्यता रहिआएको छ ।

दशहरा पर्वमा पाँच हजार भक्तजनको आगमन हुने लक्ष्य राखिएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले तीर्थ जाने यात्रुका लागि स्थानीय व्यवसायीमार्फत बास र भोजनको यथेष्ट व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ तीर्थ जाने सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको हो ।

चन्दनवारीका होटल व्यवसायी पासाङघिर्मी तामाङले भने, “धार्मिक मार्गअन्तर्गत देउरालीदेखि चन्दनवारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्मका सबै होटलका खाद्यान्न भण्डारण भइसकेकाले त्यहाँका व्यवसायी यात्रुमाझ सेवा दिन आतुर रहेको बताए ।

गोसाइँकुण्ड जाने भक्तजनका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाई सकिएको बताउँदै जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरूष ढकालले कुनै पनि यात्रुलाई कुनै समस्या भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं ०१०–५४०१९९ वा १०० मा फोन गर्न आग्रह गरिएको जानकारी दिए ।

लौरीको लागि निगालो मात्र प्रयोग गर्न र गोसाइँकुण्ड तथा धार्मिक मार्गका भूभागमा जथाभावी फोहर नफ्याँक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १५:४९ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...