back
CTIZAN AD

काठमाडौँ स्मार्ट शहरी प्रविधि बन्दै, प्रतिस्पर्धामा २४ समूह

वि.सं.२०७६ जेठ २३ बिहीवार

801 

shares

२३ जेठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् ।

‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो ।

विभिन्न छ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ समूहबाट करीब तीन महीना नियमित तालीम दिइएको थियो । तीमध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका चार विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालीम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो ।

यसमा विजेता पहिलो समूहले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही रु एक लाख प्रदान गरिने शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
विभिन्न चरणमा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानेर मूल्याङ्कन गरिएको थियो । उनीहरुका प्रस्तुति शहरी समस्याका मुख्य चार विषयमा निर्धारण गरिएको छ । प्रतिस्पर्धाका लािग राखिएका विषयमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन छन् । यस चरणमा आउनुअघि उनीहरुले पाँच चरण पार गरिसकेका छन् ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौँका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने विश्वास लिइएको छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ०९:३८ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...