back
CTIZAN AD

एक सय भन्दा बढीमा पाठेघरको क्यान्सरको आशङ्का

वि.सं.२०७६ जेठ २३ बिहीवार

603 

shares

 

२३ जेठ, सप्तरी । ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।

स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा शङ्कास्पद पाठेघर मुखको क्यान्सर र २८ मा आङ खसेको पाइएको स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ताले बताए ।

शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मनोज साह, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा ब्रजेशकुमार झा, नर्सिङ अधिकृत लक्ष्मी चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा सञ्जीवकुमार झा, स्टाफ नर्स कविता गुप्तालगायतले बिरामीको जाँच गरिएको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रप्रसाद यादवले बताए ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ०९:२२ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...