back

एक सय भन्दा बढीमा पाठेघरको क्यान्सरको आशङ्का

वि.सं.२०७६ जेठ २३ बिहीवार

300 

shares
GLOBAL IME AD
NTC AD

 

२३ जेठ, सप्तरी । ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।

स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा शङ्कास्पद पाठेघर मुखको क्यान्सर र २८ मा आङ खसेको पाइएको स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ताले बताए ।

शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मनोज साह, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा ब्रजेशकुमार झा, नर्सिङ अधिकृत लक्ष्मी चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा सञ्जीवकुमार झा, स्टाफ नर्स कविता गुप्तालगायतले बिरामीको जाँच गरिएको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रप्रसाद यादवले बताए ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ०९:२२ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...